दशै नजिकिए संगै ट्राफिक प्रहरिले सडकमा सक्रियता बढाएकाे देखिन्छ । कैलाली र कंचनपुरका मुख्य राजमार्गमा ठाउँ ठाउँमा चेकजाँच गर्न खटिएकाे देखिन्छ । यसरी खटिएकाे ट्राफिकले कैलाली कंचनपुरका सार्वजनिक रुटमा हिड्ने सवारि साधनका कागजात प्रतेक जसाे ५ देखि १५ किलाेमिटर जतिमा पटक पटक चेकजाँच गर्न थालेकाे सवारि चालक र ब्यावसायिले बताएका छन ।
सार्वजनिक रुटमा हिड्ने सवारि साधनले कागजपत्र हेरेर सवारि साधन बैध अबैध कस्ताे अवस्थामा छ, नबिकरण भए नभएकाे, क्षमता भन्दा बढि यात्रु छ कि, मापसे गरेकाे लगायतका बिषयमा ट्राफिक प्रहरिले हेर्नू पर्ने भएता पनि ट्राफिकले एउटै सवारि साधनमा एकै रुटमा १० मिनेट यात्रा गर्दा फेरि कागजात माग्ने गरेकाे चालकहरुकाे गुनासाे छ ।
यसरी प्रतेेक पटक कागजात मागेर दुःख दिने र केही बाेलेमा थुन्निदिने, जरिमाना काटिदिने धम्कि दिनेगरेकाे नाम उल्लेख नगर्ने शर्तमा चालकहरुले बताएका छन । यसरी हामिलाई प्रतेक ५ / १० मिनटकाे फरकमा कागजपत्र माग्नुकाे अर्थ के हाे ? दशै खर्च जुटाउने त हाे एक चालकले भने । दैनिक एउटै बाटाेमा हिड्छाै वहाहरुलाई सव ठिक छ भन्ने थाहा हुदापनि दशै आएपछि केहि न केही भनेर राेकेर यात्रु र आफुलाई हैरान पार्ने गरेकाे बताए ।
यसरी एउटै बाटाेमा पटक पटक सवारि चेकजाचकाे बाहनामा दुख दिने ट्राफिकले अबैध चलेका सवारि साधन भने समातेकाे देखिदैन, यस्ता साधनहरु सार्वजनिक यातायातका रुपमा र निजि रुपमा समेत चलेकाे प्रमाणहरु समृद्धि पाेष्टलाइ प्राप्त भएका छन ।
यसै सन्दर्भमा सुदुरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका ट्राफिक उपरिक्षक तथा प्रवक्ता संग कुरा गर्दा चाडपर्वमा हुन सक्ने दुर्घटना कम गर्न चेकजाचमा कडाई गरेकाे बताउनु भयाे, भित्रि रुटहरु बाट आउने सवारि हुने भएकाेले नजिक नजिक चेक गरेकाे र फरक समयमा चेक गरेकाे बताए । अबैध सवारि साधनकाे बारेमा जानकारी नभएकाे जानकारी कार्वाहि गर्ने बताएका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया