Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असोज १३ गते बिहिबार

भ्रष्टाचारमा हुने जिल्लामा कैलाली र पालिकामा भिमदत्त अग्रस्थानमा, सुदुरपश्चिममा भ्रष्टाचार व्यापक ।

 सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचार व्यापक भईरहेको एक तथ्याङ्कले देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको प्रतिवेदनले सुदूरपश्चिममा भ्रष्टाचार नरोकिएको तथ्याङ्क देखाएको छ ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले प्रदेश प्रमुख देबराज जोशीलाई बुझाएको ३६ औँ बार्षिक प्रतिवेदनमा भ्रष्टाचार बढेको देखाएको छ ।

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट हाल १ हजार ९२० प्रारम्भिक रुपमा भ्रष्टाचारका उजुरी दर्ता भएका छन । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट कुल १ हजार ७ सय ३९ मुद्दा दर्ता भएका छन । सबैभन्दा बढि कैलालीमा ४ सय ६३ र सबैभन्दा कम बाजुरा ८४ उजुरी दर्ता भएका हुन ।

यस्तै कञ्चनपुर २ सय ८४, बैतडी २ सय २९, बझाङ्ग १ सय ८२, दार्चुला १सय ३२, डडेल्धुरा १सय २९, अछाम १ सय १० र डोटी १सय २६ भ्रष्टाचारजज्य मुद्दा दर्ता भएका छन । एक हजार ६२ मुद्दा फछ्यौट भएका छन । भने ६ सय ७७ फ्छ्यौट हुन बाँकी रहेका छन ।

२ सय ९६ मुद्दा प्रशासन, स्थानीय तह सहित अन्य सरकारी कार्यालयमा कार्बाहीका लागि पठाईएको छ । भ्रष्टाचारजन्य कसुर बाफत ९लाख, ९३ हजार, ५ सय ६६ जरिवाना अशुल गरिएको छ । जिल्लामध्ये सबैभन्दा बढि कैलाली र पालिका मध्ये सबैभन्दा बढि भीमदत्त नगरपालिकामा उजुरी गरेका छन ।

अख्तियार र भीमदत्त नगरको कार्यालयसंगसंगै रहेकाले सेवाग्राहीको समेत पहुँच पुगेकाले मुद्दा बढि भएको अख्तियारको ठहर छ । दिन दुईगुना रात चौगुना भ्रष्टाचार बढ्दै गएपनि प्रभावकारी रोकथामका लागि मार्जिनल एक्सन नहुँदा भ्रष्टाचार बढेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका सुचना अधिकारी नारायण प्रशाद ढकालले स्ट्रीङ अप्र्रेसन समेत नरोकिएको बताए । सुचना अधिकृत ढकालले वैज्ञानिक वन व्यवस्थापन र महेन्द्रनगर नगर विकास समितिको अनियमितता बारे आयोगको कार्यालय कञ्चनपुरका सुचना अधिकारी नारायण प्रशाद ढकालले स्ट्रीङ अप्रेसन समेत नरोकिएको बताए । सुचना अधिकृत ढकालले वैज्ञानिक वन व्यवस्थापन र महेन्द्रनगर नगर विकास समितिको अनियमितता बारे आयोगको केन्द्रीय कार्यालयबाट अनुसन्धान भईरहेको बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका सिनियर डिभिजनल ईन्जिनियर प्रेम नारायण बस्न्यातले भ्रष्टाचार रोकथामका लागि सामुदायिक शिक्षा एव प्रर्बद्धनात्मक कार्यक्रम संचालन गरिएको बताए । प्रदेशका सबै जिल्लाहरुमा प्रर्बद्धनात्मक कार्यक्रम गरिएको बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>