Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असोज १५ गते शनिबार

मिलाेमताेमा नदि उत्खनन् ठेक्का दिएर बस्ति जाेखिममा पारेकाे भन्दै वडा अध्यक्ष अख्तियारमा ।

नदि उत्खननले बस्ति जाेखिममा पारेकाे भन्दै वडा अध्यक्ष अख्तियार पुगेका छन । कार्यपालिकाका सदस्यसमेत रहेका कृष्णपुर नगरपालिका २ का अध्यक्ष अर्जुनसिंह साउँदले नगर कार्यपालिकाविरुद्ध जिल्ला प्रशासन र अख्तियारमा उजुरी दिएका हुन् ।

पालिका अन्तगर्तका खोलाहरुमा नदीजन्य पदार्थको ठेक्का गर्दा नगर प्रमुख हेमराज ओझालगायतका जनप्रतिनिधिहरुले ठेकेदारसँग मिलोमतो गरी पालिकाको आर्थिक स्रोतमा आघात पार्ने गरी ठेक्का सम्झौता गरेको आरोप वडा अध्यक्ष साउदले लगाएका छन्।

नगरपालिकाले गरेको वातावरणीय अध्ययन प्रतिवेदन विपरीत खोला उत्खनन् गरी बस्ती र पक्की पुल तथा सडक जोखिममा पारिएको उनले बताए ।

'मछेली र बनारालगायत पालिका अन्तर्गतका खोलाहरुमा त्यसरी ठेक्का लगाइएको छ,' साउदले भने, 'मुक्त कमैया बस्तीलाई नै जोखिम पुग्ने ढंगले आर्थिक चलखेल गरी ठेक्का गरेको पाइएपछि कार्यपालिकाको निर्णयलाई चुनौति दिन स्थानीय प्रशासन र अख्तियारमा पुगेको छु, त्यसका लागि अदालत जानु परेपनि तयार छु।'

गत आर्थिक वर्षको भन्दा कम रकममा ठेक्का लगाएको पाइएपनि रोयल्टी भने बढाइएको उनले बताए । वडा अध्यक्ष साउदले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा लिखित उजुरी दिएका छन् भने अख्तियारमा मौखिक उजुरी दिएका हुन् अख्तियारसँगको छलफलपछि सबै प्रमाण संकलन गरी फाइल बुझाउने तयारी गरेको उनले जानकारी दिए ।

कार्यपालिका बैठकको प्रावधान अनुसार अघिल्लो दिनै एजेण्डा नपठाएर, खबर नगरेरै अकस्मात र अश्वभाविक ढंगले बैठक गरी नदीजन्य पदार्थ उत्खनन्को ठेक्का दिने लगायत पालिकालाई दूरगामी असर पर्ने निर्णय गरिएको दाबी साउदले गरेका छन्।

वडा अध्यक्ष कार्यपालिका सदस्य हुने ब्यवस्था छ । उक्त बैठकमा उनी अनुपस्थित थिए । 'कार्यपालिकाको सदस्य भएर पनि मलाई निर्णयसमेत देखाइएको छैन्, सूचनाको हक प्रयोग गरेर भएपनि निर्णय माग्छु,' उनले भने, 'मानिसहरुलाई उठिबास लगाउने ढंगले गरिएका ठेक्का सम्झौता खारेज हुनुपर्छ ।'

नगर कार्यपालिकाको गैरकानूनी निर्णय र वडा नं. २ मछेली नदीमा भइरहेको अवैध उत्खनन्का विरुद्धमा अख्तियारमा गएका वडा अध्यक्ष साउँदले छानबिन गरेर भ्रष्टाचारीलाई कानूनी कारबाहीको दायरामा ल्याउन आग्रह गरेका छन् ।

'भ्रष्टहरुलाई कानूनी कारबाहीको दायरामा ल्याई दण्डित गराउने कार्यमा सहयोग गरिदिन सम्पूर्ण नगरवासी र सरोकारवाला निकायसँग अनुरोध गर्दछु,' उनले भने ।

कंचनपुरका प्रमुख जिल्ला अधिकारी गाेपाल प्रसाद अर्याल लाई स्थलगत निरिक्षण समेत अध्यक्षले गराएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>