Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
भावना बडू
२०७९ असोज २४ गते सोमबार

कंचनपुरबाट प्रदेश सभामा ठुला दलले दिन सकेनन महिला उमेदवार, ५७ जनामा ४ जना महिला उमेदवार ।

निर्वाचन आयाेगकाे कार्यतालिका अनुसार देशैभर समेत कंचनपुरमा आईतबार प्रतिनिधि सभा र प्रदेश सभाका लागि प्रतक्षतर्फकाे उमेदवारि दर्ता भएका छन । सत्तागठबन्धन तर्फवाट नेपाली काग्रेस र माओवादी केन्द्रकाे गठबन्धन रहेकाे छ भने प्रतिपक्षि दल नेकपा (एमाले) र राप्रपा बिच गठबन्धन रहेकाे छ ।

प्रदेशसभाका लागि कंचनपुरमा ६ ओटै निर्वाचन क्षेत्रमा नेकपा ( एमाले), नेकपा ( माओवादि केन्द्र ) र नेपाली काग्रेसले महिला उमेदवारलाई टिकट दिएनन ।
र क्षेत्र १ काे (क) मा एमाले बाट वीर बहादुर थापा पातल, नेपाली काग्रेस बाट बन्धु रानाले मनाेनयन दर्ता गरेका छन । जम्मा १० जनाकाे उमेदवारि परेकामा नेपाल मजदुर किसान पार्टिकि भागरथि देवि रावल एक मात्र महिलाकाे उमेदवारि परेकाे छ ।
  यस्तै (ख) बाट एमालेका पल्लवराज भट्ट र काग्रेसका दिवान सिह बिष्टकाे उमेदवारि परेकाे छ । जम्मा ८ जनाकाे उमेदवारि परेकामा नागरिक उन्मुक्ति पार्टिकि काली चाैधरि मात्र महिला उमेदवार रहेकि छन ।

निर्वाचन क्षेत्र २ काे (क) मा एमाले बाट वचन बहादुर सिह, माओवादि केन्द्र बाट ओम बिक्रम भाटले मनाेनयन दर्ता गरेका छन । जम्मा १० जनाकाे उमेदवारि परेकाेमा नागरिक उन्मुक्ति पार्टिकि गिता चाैधरि मात्र महिला उमेदवार रहेकि छन ।

यस्तै (ख) बाट एमालेका कृपाराम राना, काग्रेसका बहादुर सिह थापाकाे उमेदवारि परेकाे छ । जम्मा १० जनाकाे उमेदवारि परेकामा लाेकतान्त्रिक समाजवादि पार्टिबाट लक्ष्मिदेवी डगाैराकाे मात्र उमेदवारि परेकाे छ ।

यस्तै निर्वा क्षेत्र ३ काे (क) मा एमालेकाे गठबन्धनमा राप्राका धर्मराज जाेशी, माओवादिका टिकेन्द्र प्रसाद भट्टले मनाेनयन दर्ता गरेका छन  स्वतन्त्र समेत जम्मा १४ जनाले उमेदवारि दर्ता गरेकाेमा याे क्षेत्रबाट कुनैपनि महिलाकाे उमेदवारि परेन ।

यस्तै (ख) बाट एमालेका सुरेन्द्र बिष्ट र काग्रेसका बेल बहादुर रानामगरकाे मनाेनयन दर्ता भएकाे छ । स्वतन्त्र समेत जम्मा ५ जनाले उमेदवारि दर्ता गरेकाेमा याे क्षेत्रबाट कुनैपनि महिलाकाे उमेदवारि परेन ।


प्रतिनिधि सभामा क्षेत्र १ मा एमाले बाट तारालामा तामाङ्ग र माओवादि बाट बिना मगरले उमेदवारि दिएका छन, क्षेत्र २ बाट एमालेका नर बहादुर धामी र काग्रेसका एन पि सावदले उमेदवारि दिएका छन, क्षेत्र ३ बाट एमालेकि निरुदेबि पाल र काग्रेसका रमेश लेखकले उमेदवारि दिएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>