Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असोज २५ गते मङ्गलबार

बँदेलकाे लागि थापेकाे पासाेमा कृष्णपुरका एक जनाकाे मृत्यू

बदेल मार्न थापेको पासोमा परेर कृष्णपुर नगरपालिका १ का ४९ वर्षीय वीर बहादुर डगौराको मृत्यु भएको छ । बन्दा नदीको किनारामा मंगलबार उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो पहरीया बजार हिँडेका डगौरा घर नफर्किएपछि खोजी गर्ने क्रममा नदी किनारमा शव फेला परेको हो। प्रारम्भिक अनुसन्धानको क्रममा सोही ठाउँस्थित खेतमा बदेल मार्न थापेको करेन्टको पासोमा परेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

५० वर्षीय ज्योती बुढाले आफ्नो खेतमा बदेल रोक्नका लागि छोडेको करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीको भनाई छ। डगौराको मृत्यु भएपछि नदी किनारमा शव फालेको
खुल्न आएपछि बुढा लगायत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>