Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
धनगढी
भावना बडू
२०७९ असोज २५ गते मङ्गलबार

मिडिया एक्सनको निर्वाचनको निष्पक्ष रिपोर्टिङ सम्बन्धी कार्यशाला सम्पन्न ।

मिडिया एक्सन नेपालको सुदुर पश्चिम शाखाको आयोजनामा निर्वाचनको निस्पक्ष रिपोर्टिङ, दुस्प्रचार र घृणायुक्त अभिव्यक्तिको रोकथाम, निर्वाचन आचारसंहिता विषयमा प्रदेशस्तरीय कार्यशाला आज धनगढीमा सम्पन्न भएको छ।

कार्यशालामा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्तले व्यवसायिक पत्रकारले निर्वाचनको बेला हुने दुष्प्रचार , आचार संहिता उल्लघनका कुरामा विशेष सतर्कता अपनाउनु पर्ने बताउनु भएको छ।

प्रजातान्त्रिक व्यवस्थाको मेरुदण्ड मिडिया भएकोले मिडियाले चुनावको बेलामा यस्ता क्रियाकलापबाट आफूलाई पृथक देखाइ साँच्चिकै जिम्मेवार मिडियाको भूमिका खेल्नु पर्ने पनि पन्तले बताउनु भएको हो।

 त्यसै गरी कार्यक्रमका अर्का वक्ता द हिमालयन टाइम्स् का सम्पादक राजन पोख्रेलले चुनावका रिपोर्टिङ कसरी गर्ने र त्यस क्रममा मानव अधिकारका विविध पक्षलाई कसरी समेट्ने भन्ने कुरामा प्रकाश पार्नु भएको थियो भने मिडियाले चुनावको बेला हुने मानव अधिकार उल्लंघनका कुरालाई सही ढङ्गले उठान गर्नु पर्ने पनि बताउनु भएको हो।
  
कार्यक्रममा वक्ता कै रुपमा हेल्थ टी भी अनलाईन सम्पादक कल्पना आचार्यले चुनावको बेला महिला मतदान स्थलमा उपस्थित भए पनि उहाँहरुको अशिक्षाकाको कारण  पुरूष हरुले नै भोट हाली दिने गरेको। कतिपय ठाउँमा निर्वाचन महिलाको स्वास्थ्य अवस्थाको कारणले पनि मताधिकार बाट वञ्चित हुनु परेको  चासो देखाउनु भएको थियो 
त्यसै गरी कार्यक्रममा उपस्थित पत्रकार सुनिता विकले यस्ता कार्यक्रमले आफूलाई चुनाव ताका स्रोत पहिचान गर्न सहज हुने देखि लिएर के गर्न हुन्छ के गर्न हुन्न? भन्ने कुरा जानकारी भएको जनाउनु भयो। 
कार्यशालामा सुदुरपश्चिमका २० जना पत्रकारहरुलाई सहभागी भएका थिए। कार्यक्रमको सहजीकरण मिडिया एक्सन नेपालका सुदुरपश्चिम संयोजक उमाकान्त जोशीले गर्नु भएको थियो ।
मिडिया एक्सन नेपाल र क्यानडा फन्ड् फर लोकल इनिसीइटिभस् र एफ सी आई सी सँगको सहकार्यमा कार्यशाला सम्पन्न भएको हो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>