Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असोज २७ गते बिहिबार

दार्चुलामा सुचना सुहाएकाे आराेप लागेका शसस्त्र प्रहरिका हवल्दार नरेश साहुले पाए सफाई

सशस्त्र प्रहरीका हवल्दार नरेशसिंह साहुले सफाइ पाउनुभएको छ।     दार्चुलास्थित महाकाली नगरपालिका–२ मुल्लाका
साहु बि. स. २०६० वैशाखदेखि सशस्त्र प्रहरीमा कार्यरत उहाँले सशस्त्रको ४४ नम्बर गण मुख्यालय खलंगाभित्रको रासनभत्ता प्रकरणलाई मिडियामा ल्याउँदा कारागार चलान हुनुभएको थियो ।

गणभित्रको हाजिरी विवरण मात्र सार्वजनिक गरेका उहाँ माथि हातहतियार र गोलीगठ्ठासहितको विवरण अनधिकृत व्यक्तिलाई उपलब्ध गराइएको झुठो अभियोग लगाइएको थियो । सशस्त्रको उच्च अदालतबाट सफाइ पाएर नरेश साहु भोलि घर फर्किन लागेको उहाँको वकिलमार्फत जानकारी प्राप्त भएको छ । २०४० सालमा जन्मिएका नरेशले दक्षिणी सुडानमा युएन मिशन पनि खाइसक्नुभएको छ ।

साहु एक वर्षदेखि दार्चुलामा हुनुहुन्थ्यो । पर्वत दरबन्दी भएपनि घर व्यवहार मिलाउनुपर्ने भएकाले उहाँले दार्चुलामा काज मिलाउनुभएको थियो । स्थानीय निर्वाचनको बेला नौगाड गाउँपालिकाका निर्वाचन अधिकृतको अंगरक्षक भएर खटिएका नरेशले सशस्त्र प्रहरीभित्रको बेथिति उजागर भएपछि सुधार हुने आशा गर्दै एक स्थानीय पत्रकार भनिने ब्याक्तिलाई सशस्त्र प्रहरीभित्रको बेथितिबारे जानकारी दिएको बताईन्छ ।

विश्वासमा उपलब्ध गराएको दैनिक हाजिरी विवरणबारे पत्रकारले नै सशस्त्र प्रहरीलाई सघाउ पुग्नेगरी लिखित बयान गरिदिएपछि नरेशका लागि यो प्रकरण प्रत्युत्पादक भएको थियो । गत जेठ ३० गते नरेशलाई दार्चुलाबाट धनगढीको अत्तरियास्थित बाहिनी हुँदै सशस्त्रको हेडक्वार्टर हल्चोक पुर्याइ कारागार पठाइएकोमा परिवार निराश बनेको थियो । श्रीमती दुर्गाले निर्दोश रहेका श्रीमानले सफाइ पाएको खबर सुनेर खुसी लागेको बताउनुभयो । सहयोग गर्ने सबैलाई उहाँले धन्यबाद समेत ज्ञापन गर्नुभयो ।

नरेशका एक छोरा र एक छोरी छन्। दाइको मृत्यु भएपछि तिनका ३ सन्तानको पालनपोषण पनि नरेशले नै गर्दै आउनुभएको थियो । जागिरले घरपरिवार पाल्दै आएका नरेशलाई जन्मकैदको माग दाबीसहित मुद्दा चलाइपछि चौतर्फी बिरोध भएको थियो । तर सफाइ पाएको खबरले सबैतिर न्याय पाइएको भन्दै सकारात्मक प्रतिक्रियाहरु आइरहेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>