Samriddhipost
२०८१ मङि्सर ०६ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असोज ३० गते आइतबार

सत्ता गठबन्धनका नेता कार्यकर्ता निर्वाचन आचारसंहिता बिपरित आरक्ष पिडित शिविरमा लत्ताकपडा बितरण गर्दै ।

सत्ता गठबन्धन कार्यकर्ताले निर्वाचन आचार संहिता मिचेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ढक्का शिविरमा न्यानो लत्ता कपडा बाँडेका छन् । गठबन्धन आवद्ध दल कांग्रेसका शिरोमणि ओझा र राम चन्द ठकुरीको अगुवाईमा शिविरमा न्यानो कपडा कपडा बाँडिएका छन् । ओझा आफैंले शिविरमा लत्ता कपडा बाँडेको सार्वजनिक गरेका छन् ।

‘सेवा गर्न सेवा गर्ने हात चाहिन्छ । ढक्का आरक्ष शिविरमा हिउँदे लगाउने लत्ताकपडा वितरण गरियो’ काँग्रेस नेता ओझाले आफ्नो फेसबुकमा भनेका छन्, ‘आरक्ष पीडित शिविर अन्तर्गत ८ टोल समितिभित्रका विपत्ति परेका ८५ परिवारहरूलाई डम्बर गुरुङज्यूको सहयोगमा न्यानो लुगाकपडा वितरण गरियो ।’ भनेर सामाजिक संजालमा स्टाटस जारि गरेका छन । त्यस्मा बिराेध आएपछि नेताहरुकाे निर्देशनमा बितरण नगरेकाे अर्काे स्टाटस आएकाे छ । 

निर्वाचन लागू भइसकेको अवस्थामा कसैले पनि कपडा वितरण गर्न नपाइने निर्वाचन आचार संहिता अनुगमन समिति कञ्चनपुरका संयोजक विष्णुदत्त जोशीले जानकारी दिए । उनले समितिमा जानकारी आइसकेको विषयमा भोलि छलफल गरेर निर्णय लिइनेछ ।

बि. स. २०५८ मा संकटकालका बेला तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सेना र हात्ती परिचालन गरेर आरक्ष विस्तारको क्रममा उनीहरुलाई घरबार बिहिन गरेको थियो । ती परिवार अझै पुनस्र्थापन हुन नसकेर शिविरमा बसि रहेका छन् ।

कञ्चनपुरको २ नम्बर निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका नारायणप्रकाश साउँद प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । प्रतिनिधि सभामा ११ उमेदवारले प्रतिस्पर्धा गरिरहेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>