Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक ०२ गते बुधबार

महेन्द्रनगर नगरबिकास समितका अध्यक्ष समेत ३७ जना बिरुद्ध विशेष अदालतमा मुद्दा दायर ।

महेन्द्रनगर नगर बिकास समितका अध्यक्ष, कर्मचारि र जग्गा प्राप्त गर्ने बिरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएकाे छ ।
तत्कालीन महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष गोपाल रसाइलीलगायत ३७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ( बुधवार ) विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

अध्यक्ष रसाइली, पल्टु राना, पुष्कल चौधरी, मालपोत कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख, मालपोत अधिकृत र नापी कार्यालयका प्रमुख नापी अधिकृतसमेत ३७ जना उपर गैरकानूनी लाभ तथा हानी पु-याई भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरिएको हो।

नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक्री गरी सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको उजुरी उपर अनुसन्धान गरी आरोपपत्र दायर गरिएको अख्तियारद्धारा जारी बिज्ञप्तिमा जनाइएको छ।

तत्कालीन नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ को दफा ५ वमोजिम र बोर्ड बैठकको निर्णय वमोजिम उपलब्ध गराउनु पर्नेमा अध्यक्षहरुको एकल तोक आदेशको आधारमा बोर्डको निर्णय नै नभएका तथा निर्णयमा उल्लेख नै नभएका व्यक्तिहरु समेतलाई जग्गा उपलब्ध गराएको देखिएको अख्तियारको दाबी छ।

कार्यमा संलग्न तत्कालीन तत्कालिन अध्यक्ष, समितिमा कार्यरत कर्मचारी र सो जग्गा दर्ता स्रेस्ता कायम गर्ने कार्यमा संलग्न मालपोत कार्यालयका कर्मचारी, कित्ताकाट प्रकृयामा संलग्न नापी कार्यालयका कर्मचारी तथा जग्गा प्रथम तहमा प्राप्त गर्ने व्यक्तिहरुको हकमा सजाय मागदाबी लिएर आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>