कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा सर्पदंश उपचार सेवा शुचारु भएको छ । बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा औपचारिक रुपमा सर्पदंश उपचार सेवा शुचारु भएको हो ।
आइतबार एक कार्यक्रमका विच बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र राना र उपप्रमुख शान्ति नाथले संयुक्त रुपमा सर्पदङ उपचार सेवाको उद्घाटन गरेका छन ।
बेलडाँडी कुनैपनि मानिसलाई सर्पले डसेपछि मानिस मृत्युको मुखमा जानुपर्ने बाध्यता थियो । अब बेलडाँडीमै सर्पदंश उपचार सेवा शुचारु भएपछि मानिस मृत्युको मुखमा पुग्नुपर्ने बाध्यता हट्ने छ ।
सर्पदंश उपचार सेवाको उद्घाटन गर्दै बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले जुनसुकै सर्पले डसेका बिरामी आएपछि प्रभावकारी उपचार गर्न गराउनु निर्देशन दिनुभयो ।
गाँउ उपप्रमुख शान्ति नाथले आफुले उठाउँदै आएको विषय अहिले आएर साकार भएको बताईन । ‘मैले हिजोका दिनमा जनप्रतिनिधी नहुँदा पनि उठाँउँदै आएको विषय अहिले जनप्रतिनिधी भएपछि साकार भएको छ, ‘उनले भनिन, ‘जनप्रतिनिधी भएको ६ महिनामै एउटा सपना पुरा भएको छ ।’ सेवा शुचारुसंगै प्रभावकारी रुपमा सेवा प्रदान गर्नुपर्नेमा जोडदिईएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया