Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
दार्चुला
२०७९ कार्तिक १० गते बिहिबार

दार्चुलामा जात सुरु, आज लटिनाथ मन्दिर बन्ताेलिमा पहिलाे जात हुँदै ।
तस्बिर - गंगादत्त जाेशी

दार्चुलाको जिल्लाका विभिन्न शक्ति पीठ तथा मन्दिरहरुमा जात्रा सुरु भएको छ । जस अन्तर्गत आज शैल्यशिखर नगरपालिका वडा नं. ७ मा रहेको लटिनाथ मन्दिर बन्तोलीमा जात्रा सुरु भएको छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितिया तिथि आर्थात् भाइटिकाको दिन यो जात्रा पर्ने गर्दछ । याे जात्रा भएपछि आधिकारिक रुपमा जात्रा सुरु भएको समेत मान्ने गरिन्छ । यसपछि क्रमश अरु मन्दिरहरुमा जात्रा हुने गर्दछन ।

दिउँसो पुजन जात्राको रुपमा दियो बाल्ने, ध्वजा चढाउने, चिनोको रुपमा केहि धार्मिक बस्तुहरु चढाउने लगायतका काम हुन्छन भने रातीको समयमा मेला लाग्ने गर्दछ । जसमा लेकम क्षेत्र लगायत अन्य क्षेत्रहरुबाट समेत भक्तजन तथा दर्शनार्थीहरु आउने गर्दछन् ।

बिहानै देखि व्यापारीहरु त्यस क्षेत्रमा पुगि पसल थापि सकेका छन भने दर्शनार्थीहरु आउने जाने क्रम चलिरहेको छ ।

बेलुकाको समयमा विभिन्न क्षेत्र तथा गाँउहरुबाट दमाहा सहितको जात (झाकी) निस्किन्छ भने देउडा खेलले पनि जात्राको रौनकता थपिदिन्छ । रातभरी दमाहाहरु बजाएर रमाइलो गरिन्छ भने बिहानीपख दमाहाको प्रतिस्पर्धा सहित मन्दिर परिक्रमा गर्ने गर्दछन् । जसलाई स्थानीय भाषामा धुपदेउ भनेर भन्ने गरिन्छ । धुपदेउमा सबै गाउँका दमाहाहरु र दामाहा बजाउने व्यक्तिहरुले मन्दिर परिक्रमा गरिसकेपछि उत्कृष्ट टोलीलाई ध्वजा स्वरुप सम्मान गरिन्छ । जसलाई नेजा दिएको भनिन्छ । जुन दमाहालाई नेजा दियो उक्त दमाहा उत्कृष्ट भन्ने गरिन्छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितिया तिथिबाट सुरु हुने बन्तोली जात्रालाई सुरुवाती जात्रा मान्ने गरिन्छ भने लेकम गाउँपालिका २ मा रहेको कुणी भगवती जात्रा, शैल्यशिखर–८ झरकडामा रहेको गलैनाथ जात्रा तथा लेकम–४ खरकडाको पातिमा रहेको मन्दिरमा लाग्ने पूर्णिमाको जात्रालाई समापन जात्राको रुपमा लिने गरिन्छ ।

मालिकार्जुन गाउँपालिकाको वडानम्बर ४ को हुनौनाथ मन्दिर औतालेक र लेकम हुनैनाथ मन्दिर कुणीमा अष्टमीका दिन जात्रा लाग्ने गरेको छ । लेकम गाउँपालिका वडा नम्बर ५ को लटिनाथ जैपुर मन्दिरमा नवमी तिथिमा जात्रा लाग्ने गरेको छ । त्यस्तै मालिकार्जुन – ३ मा रहेको देशकै सातौँ धाम मालिकार्जुन मन्दिर तथा लेकम – ६ उचाकोटमा रहेको मालिकार्जुन मन्दिरमा पनि चर्तुदशी तिथिमा जात्रा लाग्ने गरको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>