भारततर्फ पहरा फुटाउन जिलेटिन बिष्फोट गरिदा त्यहाँबाट उछिट्टिएर आएको ढुंगाले लागेर एक जना नेपालि बालकको शुक्रवार बिहान मृत्यु र १ जना घाईते भएका छन । दार्चुलाको व्याँस गाउँपालिका–२ तम्पाकुका १२ वर्षीय पवन महराको मृत्यु भएको हो।
भारत स्थित धार्चुलाको लखिमपुरस्थित सडक निर्माणमा संलग्न गर्ग एण्ड गर्ग कम्पनीले पहरा फुटाउन जिलेटिन बिष्फोट गर्दा उछिट्टिएको ढुंगा टाउँकोमा लाग्दा महराको घटनास्थलमै मृत्यु भएको व्याँस गाउँपालिकाका उपाध्यक्ष विनाेद कुवरले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी तर्कराज पाण्डेले ढुंगाले लागेर बालकको मृत्यु भएको जानकारी आएको तर त्यो ढुंगा पारिबाट आएको हो वा होइन त्यसबारे अनुसन्धानपछि थाहाँ हुने बताए।
‘घटनाबारे बुझ्न दुम्लिङस्थित प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थलतर्फ पठाएका छौँ,’ उनले भने, ‘त्यसपछि बिस्तृतमा भन्न सकिएला ।
गाउँपालिका अध्यक्ष मंगलसिह धामिका अनुसार तिहार विदा सक्काएर वडा २ बाट सदरमुकाम तर्फ आउदै गरेका बालकको मृत्यु भएको र उनका सहाेदर बहिनी घाईते भएकि छन ।
‘बालकका आफन्तसँग सम्पर्क भएको छ। घटनास्थल टाढा भएकाले थप जानकारी आउन समय लाग्ला,’ उनले भने। यो घटनामा केही स्थानीय पनि घाइते भएका छन्।
केही साताअघि पनि भारतबाट आएको ढुंगा लागेर नेपालतर्फ बाटो मर्मत गरिरहेका केही स्थानीय घाइते भएका थिए।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया