Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ कार्तिक ११ गते शुक्रबार

कसुर बिना जवरजस्ति कुटपिटकाे आराेप लाग्याे प्रहरिमाथि, पिडित भए महाकालि अस्पताल बाट रिफर । ।

कंञ्चनपुर प्रहरीले बिहीबार भीमदत्त नगरपालिका–५ वनगाउँका महेश खड्काको घरमा आतंक मच्चाएको आरोप लागेको छ। प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाको नेतृत्वमा करिव राति १० बजे गएको टोलीले इष्टमित्रसहित तिहारमा रमाइलो गरिरहेका बेला ज्यादती गरेको खड्का परिवारले महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराएका छन्।

तास खेलिरहेको आरोप लगाउदैँ ठगुन्ना नेतृत्वको टोलीले त्यहाँ रहेका पाहुना र परिवारका सदस्यमाथि अन्धाधुन्ध लाठी प्रहार गरेको खड्काले बताए। 

उनका अनुसार गोबिन्द साउदलाई हतकडीलगाएर कुटपिट गरिएको छ। साउदको मुख र आँखामा चोट लागेको छ। प्रहरीले सुरेश धामी, अनुराग चन्द, मनिषा खड्का र श्रेया खड्कालाई पनि लाठीले कुटपिट गर्दा उनीहरु घाइते छन्। महाकाली प्रादेशिक अस्पतालले गम्भीर घाइते सुरेश र अनुरागलाई थप उपचारका लागि धनगढी रेफर गरेको छ।

‘घरमा टीका लगाउन इष्टमित्रसहितका पाहुँना आउनु भएको थियो, खसी काटेर रमाइलो गरिरहेका थियौँ, ‘महिला र पुरुष छुट्टाछुट्टै कोठामा बसेर खानपान र रमाइलो गरिरहेका बेला महिलाको कोठामा पुगेर करिब आधा घण्टासम्म चुकुल लगाएर भित्रै थुनियो।’ महिलामात्र भएको कोठामा चुकुल लगाएर बन्धक जस्तो बनाएको खड्का परिवारको भनाई छ।

भित्र चिच्याएको आवाज सुनेपछि छिमेकीहरु जम्मा भएका थिए। उनीहरुले दवाव दिएपछि मात्र ढोका खोलेको पीडितले बताए। जुवा खेलाइएको आशंकामा प्रहरी त्यहाँ पुगेको अनुमान छ।

तर, उनीहरुले त्यहाँबाट तासलगायत कुनै सामाग्री भने फेला पार्न सकेनन्। राति जर्बजस्ती व्यक्तिको घरमा छिरेर प्रहरी कुटपिटमा उत्रिएपछि स्थानीय प्रतिकारमा ओर्लिएको खड्का परिवारले जनाएको छ।

त्यसक्रममा प्रहरी निरीक्षक ठगुन्नालाई पनि सामान्य चोटपटक लागेको र वडा प्रहरीका इन्चार्ज प्रकाश भण्डारीले उनलाई बचाएर लगेका थिए। ‘तर, त्यसको १५–२० मिनेटपछि ठगुन्ना पुनः सानाे (ट्रकमा) गाडी ल्याएर आए, थप मद्धत ल्याएर आएका ठगुन्नाले घर बाहिर बसिरहेका व्यक्तिहरुलाई अन्धाधुन्ध कुटपिट गरे,’ खड्काले पत्रकारहरुलाई भने।

घाइते मध्येका दुई जनाको अवस्था गम्भीर छ। ‘रातिको समयमा व्यक्तिको घरमा घुसेर प्रहरीले यस्तो बर्बर आतंक मच्चाउन पाउँछ?,’ पीडित मध्येका मनोज खड्काले भने, ‘प्रहरीले कानून हातमा लिएर सर्बसाधारणमाथि जंगली व्यवहार गर्छ भने कानूनी राजको के अर्थ रह्यो।’


घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहेका डिएसपी शाहलाई सम्पर्क गर्दा उनको फोन प्रहरी निरीक्षक पुष्कर पन्तले उठाए। ‘म आजै आएको हुँ, घटनाबारे केही थाहाँ छैन्,’ उनले भने।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी श्याम चौधरीको फोन उठेन। पीडित परिवारले ज्यादती गर्ने प्रहरी निरीक्षक ठगुन्नामाथि छानबिन गरी कारबाही गर्न माग गरेको छ।

खड्का परिवार सहित स्थानीयले प्रहरी उपरीक्षक श्याम सिह चौधरीलाई भेटेर प्रहरी निरीक्षक ठगुन्नामाथि कारवाही गर्न माग गरेका छन् । प्रहरी उपरीक्षक चौधरीले ठगुन्नामाथि छानिबन गरी कारवाही गर्ने आश्वासन दिएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>