Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक १२ गते शनिबार

भारतिय ज्याजति बिरुद्ध कहिले सम्म चुप लाग्ने भनेर ओलिले प्रधानमन्त्रीलाई गरे प्रश्न ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय ज्यादतीविरुद्ध कहिलेसम्म मौनता साँध्ने भनी प्रश्न गरेका छन् । नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा दार्चुलाको व्यास गाउँपालिका २ का एक बालकको मृत्यु भएको प्रसंगमा ओलीले यस्तो प्रश्न गरेका हुन् ।

भारततर्फ विना सूचना सडक विस्तारका लागि बिस्फोट गराउँदा ढुंगा उछिट्टिएर ब्यास गाउँपालिका २ का १४ वर्षीय बालक पवन महराको मृत्यु भएको थियो । आफू घटनाप्रति दुखित रहेको भन्दै ओलीले घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषिमाथि कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।

‘ढुंगा लागेर १४ वर्षीया बालिका सरिना महरा सहित स्थानीय नागरिक घाइते भएका छन् । घटनाको तत्काल छानविन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीमाथि कारवाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु ।’

ओलीले सामाजिक आफ्नाे स्टाटसमा उल्लेख गरेका छन्, ‘तुइन काटेर गत वर्ष जयसिंह धामीलाई मारिएको घटनामा जस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?’

दार्चुलास्थित महाकालीपारि भारतको धार्चुला तहसिलमा सडक बस्तार गर्ने क्रममा गर्ग एण्ड गर्ग कम्पनिले विस्फोट गराउँदा उछिट्टिएर आएको ढुंगाले लागेर नेपालतर्फ हिँडिरहेका १४ वर्षीय पवनको मृत्यु भएको हो । यसरि चट्टान बिष्फाेट गराउदा नेपाल तर्फ पटक पटक क्षति भैरहेकाे छ, केही महिना पहिला पनि नेपालिहरु लाई ढुङ्गा लागि लास्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>