Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७९ कार्तिक २१ गते सोमबार

सूप विश्वविद्यालयले डिसेम्बरमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने ।

कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले आउँदो डिसेम्बरमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरमा सोमबार पत्रकार सम्मेलन गरी सो सम्मेलनको तयारी बारे जानकारी गराइएको छ । 

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.अम्मराज जोशीले सुदूरपश्चिम प्रदेश बारे ज्ञान निर्माणका लागि आउँदो डिसेम्बर १२ देखि १४ तारिख अर्थात् मङ्सिर २६ देखि २८ गतेसम्म अन्तर्राष्ट्रिय सम्मेलन गर्ने तयारी भइरहेको बताउनुभयो । सुदूरपश्चिम क्षेत्र भौगोलिक, धार्मिक, सांस्कृतिक, साहित्यिक, प्राकृतिक तथा वातावरणीय रूपमा धनी क्षेत्र रहेको र यस क्षेत्रका सम्भाव्यताहरूको बारेमा अध्ययन अनुसन्धान गरी प्रवर्धन गर्ने उद्देश्यले सम्मेलन गर्न लागेको उहाँको भनाइ छ । 

विश्वविद्यालय ज्ञान उत्पादनको क्षेत्र भएका कारण त्यसलाई विस्तार गर्ने थलोका रूपमा अक्सफोर्ड विश्वविद्यालय र ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलसँग समन्वय गरी सम्मेलन हुन लागेको हो । पत्रकार सम्मेलनमा अक्सफोर्ड विश्वविद्यालय तथा ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल बेलायतका प्रतिनिधि एवं सम्मेलन आयोजक समितिका उपसभापति डा. कृष्ण अधिकारीले अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलनको आफ्नै खाका हुने भएकोले यसलाई बहुबिधाको सम्मेलनका रूपमा हेरिएको बताउनु भयो । 

सम्मेलनबारे विश्वविद्यालयले चरणबद्ध रूपमा भर्चुअल तथा प्रत्यक्ष रूपमै पनि तयारी बैठकहरू गरिरहेको सम्मेलन आयोजक समितिका सदस्य सचिव दीपक चन्द्र भट्टले जानकारी दिनु भएको छ । सुदूरपश्चिम विश्वविद्यालयको इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुन गइरहेकोले यसले विभिन्न विधाको विकासलाई अध्ययन, अनुसन्धान गर्न मद्दत गर्ने विश्वास लिइएको छ । स्थापनाको १२ वर्षपछि सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो प्राज्ञिक विधालाई विस्तार गरिरहेको छ । यसले विश्वविद्यालयको महत्त्व र ओजलाई अझै बढाउने देखिन्छ ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>