Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ कार्तिक २६ गते शुक्रबार

आज हुनैनाथ र भोलि जयपुर मन्दिरमा रात्री जात्रा

दार्चुला । दशैं तिहारपछि अर्थात कात्तिक शुक्ल पक्ष सुरु भएसँगै दार्चुलाका दर्जनौँ शक्तिपिठ र मन्दिरहरुमा जात्राको रौनकता छाएको छ । विशेषगरी शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकाका दर्जनौँ शक्तिपिठ र मन्दिरहरुमा झण्डै एक महिनासम्म जात्रा लाग्ने गर्दछ । लेकम गाउँपालिकाको ऐडिबाग मन्दिर मैखोलीबाट दशैं र लेकमकै मैखोली लटिनाथ मन्दिर खर्क, शैल्यशिखरको लटिनाथ मन्दिर बन्तोली र मालिकार्जुनको लटिनाथ कैयलपाल मन्दिर चौडमा भाइटिका अर्थात द्धितिया तिथिका दिन जात्रा सम्पन्न भएको थियो ।

हुनैनाथ देवताको बासस्थान रहेको मालिकार्जुनको हुनैनाथ, लेकमको सर्मोली र कुणीस्थित हुनैनाथ मन्दिरमा अष्टमी तिथिमा कात्तिक २६ गते (आज) रात्री जात्रा लाग्दैछ । लेकमकै प्रशिद्ध जात्राको रुपमा रहेको लटिनाथ मन्दिर जयपुर जात्रा कात्तिक २७ गते राती लाग्ने भएको छ । ऐतिहासिक एबं धार्मिक तिर्थस्थल श्री शैल्य मल्लिकार्जुन राष्ट्रिय धाममा हरेक वर्ष कार्तिक शुक्ल पक्ष त्रियोदशी तिथिमा आयोजना हुने शिखर पुजन तथा दर्शन जात्रा यस वर्ष कार्तिक ३० गते हुने भएको छ । मालिकार्जुन मन्दिरहरुमा मंसिर १ गते रात्री जात्रा लाग्ने भएको छ।
लेकम गाउँपालिका वडा नम्बर ५ चौपाता जयपुरमा रहेको लटिनाथ मन्दिरमा कात्तिक २७ गते शनिवार नवमी तिथिका दिन जात्रा लाग्ने भएपछि व्यापारका लागि व्यापारीहरु आउने क्रम शुरु भएको छ । कुणीको भगवती मन्दिर र लेकमकै पाती मन्दिरमा मंसिर २ गते पुर्णीमाको दिन अन्तिम जात्रा लाग्ने ज्वोतिष इन्द्रदेब जोशीले बताउनुभयो । जात्राहरुलाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न मदिरा र जुवातास निषेध गरिएको लटिनाथ मन्दिर जयपुरका भण्डारी मनिदत्त बिष्टले बताउनुभयो ।

कात्तिक ३० गते लाग्ने शिखर जात्रामा भक्तजनहरु १५ दिन पहिले देखिनै विशेष तयारी (चोखोभोजन र जीवनशैली अपनाएर) गरेर मात्रै जाने गरेका छन् । यस्तै मड, मैखोली, उचाकोट, गराडी लगायत विभिन्न स्थानमा रहेका मालिकार्जुन मन्दिरहरुमा मंसिर १ गते चतुर्दशीका दिन भब्य जात्रा लाग्ने बताइएको छ । मंसिर १ गते वैदिक विधिविधान बमोजिम मालिकार्जुन जात्रा आयोजना हुने मालिकार्जुन धार्मीक बिकास समितिले जनाएको छ ।

कात्तिक महिना शुरु भएसंगै दार्चुलासहित सुदूरपश्चिमका बैतडी, डडेल्धुरा लगायत जिल्लामा जात्राको रौनक सुरु भएको हो । भाइटीकाका दिनदेखि सुरु भई कार्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठमन्दिरमा जात्रा लाग्ने गर्दछ । बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिर, रौलाकेदार, शिवनाथ, महारुद्रलगायत मन्दिरमा कार्तिक शुक्ल अष्टमीका दिन, भिटाकेदार मन्दिरमा नवमीका दिन र मेलौली भगवती, भवानी, उग्रतारालगायत मन्दिरमा पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । डडेल्धुराको उग्रतारा र भागेश्वरलगायत मन्दिरमा पनि कार्तिक शुक्ल पक्षमै मेला (जात्रा) लाग्ने गर्दछ । परापूर्वकालदेखि नै कार्तिक शुक्ल पक्षमा देवीदेवताहरुको पूजाआजा गर्ने चलन रहिआएको छ । शरद ऋतु देवीदेवताको पूजाआजा गर्ने समय भएकाले सुदूरपहाडस्थित विभिन्न जिल्लाका शक्तिपीठमा जात्रा लाग्ने गरेको हो ।

यो समयमा लाग्ने जात्रामा टाढा–टाढाका श्रद्धालुसमेत आउने गरेको स्थानीयहरु बताउछन् । भाइटीकाका दिनदेखि सुरु भई करिब १५ दिनसम्म विभिन्न ठाउँका मन्दिरमा लाग्ने भएकाले जात्राको ऐतिहासिक एवं धार्मिक महत्व बढ्नाका साथै आफन्त एवं इष्टमित्रसँग भेटघाट गर्ने अवसरका रूपमा लिने गरिन्छ । देशका अन्य भागका साथै यो क्षेत्रमा नवरात्रिको बेला मन्दिरमा पूजाआजा हुनाका साथै कार्तिक शुक्ल पक्षमा पनि धेरै जात्रा तथा मेला हुने गरेको छ । विभिन्न मन्दिरमा रात्रि जात्रा सुरु भएसँगै चहलपहल पनि बढेको छ ।

यहाँका जात्रामा सीमावर्ती भारतीय दर्शनार्थीसमेत आउने गरेका छन् । जात्रामा सहभागी हुनका लागि बसाइँसराइ गरेर गएकासमेत गाउँमा फर्किएकाले यहाँको चहलपहल बढेको मालिकार्जुन मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जात्रामा दर्शनका लागि टाढा रहेका पनि आउने गरेकाले भेटघाट हुनाका साथै पारिवारिक र सामाजिक सम्बन्ध बलियो हुने गर्दछ, गाउँबाट बसाइँ सरेका पनि गाउँ फर्कने भएकाले निकै चहलपहल बढेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>