Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर ०६ गते मङ्गलबार

कंचनपुरमा काे अगाडि काे पछाडी अपडेट

कञ्चनपुरका ३ प्रतिनिधि सभा क्षेत्रमध्ये २ मा नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन् भने १ मा नेकपा एमाले अगाडि छ। क्षेत्र नं. १ मा एमालेले सुरुवातदेखि अग्रता कायम राखेको छ।

यहाँ एमालेका उम्मेदवार तारा लामा तामाङले २ हजार २ सय ७४ मत पाउँदा प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकि उम्मेदवार बीना मगरले १ हजार १ सय ८४ मत पाएकी छन्।

क्षेत्र नं. २ मा कांग्रेसका एनपी साउँद झिनो मतान्तरले अगाडी छन्। उनले २ हजार ८ सय ५० मत पाएका छन् भने प्रतिस्पर्धी एमालेका नरबहादुर धामीले २ हजार ८ सय १२ मत ल्याएका छन्।

यस्तै क्षेत्र नं. ३ मा कांग्रेसका उम्मेदवार रमेश लेखकले मतान्तर बढाउँदै लगेका छन्। पछिल्लो मत परिणाम अनुसार लेखकले ७ हजार ६ सय १६ मत पाउँदा प्रतिस्पर्धी निरुदेवी पालले ४ हजार १ सय ६३ मत पाएकी छन्। 

प्रदेशसभामा को अगाडि?

कञ्चनपुर क्षेत्र नं. १प्रदेशसभा (१) मा एमालेका उम्मेदवार बिरबहादुर थापा अगाडि छन्। उनले १ हजार ८ सय ३७  मत पाएका छन्। प्रतिस्पर्धी नेपाली कांग्रेसका बन्धु राना १ हजार २ सय ४७ मतसहित थापालाई पछ्याइरहेका छन्।

प्रदेशसभा (२) मा कांग्रेसका उम्मेदवार दिवानसिंह विष्ट अगाडी छन्। उनले १ हजार ५ सय ७९ मत पाउँदा प्रतिस्पर्धी एमालेका पल्लबराज भट्टले १ हजार ३ सय ४० मत पाएका छन्। 

यसैगरी, कञ्चनपुर क्षेत्र नं. २ प्रदेशसभा (१) मा एमालेका उम्मेदवार बचनबहादुर सिंहले मतान्तर बढाउँदै लगेका छन्। उनले २ हजार ९ सय ९४ मत पाउँदा प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका ओमबिक्रम भाटले २ हजार ३ सय ९ मत मात्रै पाएका छन्।

प्रदेशसभा (२) मा कांग्रेसका उम्मेदवार बहादुरसिंह थापा झिनो मतान्तरले अगाडि छन्। उनले ६ सय ९ मत पाएका छन्। एमालेका उम्मेदवार कृपाराम रानाले ५ सय ५१ मत पाउँदा नेकपा एकीकृत समाजवादीका लालबहादुर खड्काले २ सय ७३ मत मात्रै पाएका छन् 

त्यस्तै क्षेत्र नं. ३ प्रदेशसभा (१)मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रकाश रावल अगाडि छन्। उनले १ हजार ५२ मत पाएका छन्। प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका टिकेन्द्र भट्ट ९ सय ९४ मत पाउँदा राप्रपाका धर्मराज जोशीले ७ सय ८ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार पिताम्बर जोशीले २ सय ५४ मत ल्याएका छन्।

यसैगरी, प्रदेशसभा (२)मा कांग्रेसका उम्मेदवार बेलबहादुर राना अगाडि छन्। उनले २ हजार ५ सय २६ मत पाउँदा प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र विष्टले १ हजार ६ सय ३२ मत मात्रै पाएका छन्। यहाँ स्वतन्त्र उम्मेदवार भीमबहादुर कुमालले ३ सय ६२ मत पाएका छन्। 
 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>