Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर ०७ गते बुधबार

अर्घाखाचिमा एमालेकाे अग्रता निरन्तर

प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा प्रतिनिधिसभा र प्रदेशसभामा नेकपा (एमाले)का उमेदवारले अग्रता कायम गरेका छन् ।

प्रतिनिधिसभाको ४९ हजार ६७ मतगणना हुँदा एमाले सचिव टोपबहादुर रायमाझीले २३ हजार ७२७ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी पुष्पा भुसालको २१ हजार ६६४ र राष्ट्रिय स्वतन्त्र पार्टीका हरि भुसालको १ हजार ६८६ मत छ । 

रायमाझी र भुसालको मतान्तर २ हजार ६३ छ भने ४० हजार ४४६ मतगणना हुन बाँकी छ । अहिलेसम्म यहाँ १६०० मत बदर भएको छ ।

यस्तै, प्रदेशसभा १ मा ३० हजार ३० मतगणना हुँदा एमालेका चेतनारायण आचार्यले अग्रता कायमै राखेका छन् । आचार्यको १४ हजार २८३ मत छ । गठबन्धनको समर्थनमा उमेदवार बनेका जनमोर्चाका सागर केसीको १४ हजार ५१ मत छ । यहाँ बदर मतको संख्या ८६९ छ । 

प्रदेशसभा २ मा गणना भएको ३४ हजार ८०९ मतमध्ये एमालेका रामजी घिमिरेले अग्रता कायमै राखेका छन् । घिमिरेको १६ हजार ७९१ मत छ । कांग्रेसका कमल भुसालको १५ हजार ९१४ मत छ भने ८४१ मत बदर भएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>