Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर ०७ गते बुधबार

कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा गठबन्धन र अन्य पार्टीका उमेदवारलाई नागरिक उन्मुक्ति पार्टीले ‘क्लिन स्वीप’ गरेको छ । प्रतिनिधिसभा १ र प्रदेश सभाका दुई निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीकै उमेरवार गंगा चौधरी, प्रदेश (क)मा घनश्याम चौधरी र प्रदेश (ख)मा खुसीराम चौधरी विजयी भएका छन् । 

अन्तिम मतपरिणाम अनुसार प्रतिनिधि र प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीकै उमेदवार निर्वाचित भएका छन् । प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी २३ हजार १२० मत प्राप्त गरी निर्वाचित भएका छन् । 

आइतबार सम्पन्न भएको निर्वाचनमा ६३ हजार ४४० मत खसेको थियो । जसमा सदर ५९ हजार ७१९ मात्र गणना भएको थियो । गंगारामले निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत पाएका थिए । सूर्य चुनाव चिह्नमा नेकपा (एमाले)बाट चुनाव लडेका गौरीशंकर चौधरीले ९ हजार ८७४ मत पाएका थिए । राप्रपाका वीरेन्द्र बमले ७ हजार ४५ मत पाएका थिए ।

कैलाली क्षेत्र न ३ प्रदेश (क)मा नागरिक उन्मुक्ति पार्टीकै घनश्याम चौधरी निर्वाचित भएका छन् । सत्ता गठबन्धन दलका उमेदवार खेम चौधरीलाई पराजित गर्दै घनश्याम निर्वाचित भएका हुन् । निर्वाचन अधिकृत कार्यालयले जानकारी गराएको अन्तिम मतपरिणाम अनुसार घनश्यामले १३ हजार ९२३ मत ल्याएर निर्वाचित भएका हुन । नेकपा एमालेका उमेदवार राजबहादुर बुढाले चार हजार ६३१ मत प्राप्त गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार चुल्लुराम चौधरीले एक हजार ८ ५३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>