Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर ०७ गते बुधबार

कंचनपुर ३ मा भारि मतले लेखक बिजयी ।क्षेत्रमा अरस उमेदवारकाे यस्ताे छ अवस्था ।

कञ्चनपुर निर्वाचन क्षेत्र ३ मा नेपाली काँग्रेसका उम्मेदवार रमेश लेखक निर्वाचित भएका छन । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र ३मा काँग्रेस केन्द्रीय सदस्य एव पुर्वमन्त्री रमेश लेखकले आफ्ना निकटतम प्रतिद्वन्दी एव निर्वतमान संसद निरुदेवी पाललाई १२ हजार ७५ फराकिलो मतको अन्तरले हराउँदै प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका हुन । लेखकले ३० हजार, ५ सय २३ र पालले १८ हजार, ४ सय ४८ मत पाएका छन ।

 अघिल्लो पटक ०७४ मा लेखकले २६ हजार १०६ मत पाएका थिए । यस अघि (काँग्रेस–माओवादी)विच गठबन्धन हुँदा लेखकले ४ हजार ४१७ बढी मत ल्याएका छन । उक्त निर्वाचन क्षेत्रबाट १२ उम्मेदवार चुनावी मैदानमा थिए । लेखकले आफ्नै पार्टीका तीन÷तीन बागी सहित अन्य पार्टीका ११ उम्मेदवार छिचोल्दै पुन प्रतिनिधी सभा सदस्यको यात्रा तय गरेका छन । लेखक ०५६ र ०७० मा निर्वाचित, ०६४ मा समानुपातिक र ०७४मा पराजित भएका थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण लुहारले २ हजार २८, नेपाल मजदुर किसान पाटीका जानकी देवी गिरीले १०६, लोकतान्त्रिक समाजवादी पार्टीका अम्बादत्त तिवारीले ९१, जनमत पार्टीका शुशिला देवी विष्टले १३१, मौलिक जरोकिलो पार्टीका तिलक प्रशाद जोशीले २सय १६, हाम्रो नेपाली पाटीका दुर्थादत्त पाण्डेयले २ सय ७८, काँग्रेसकै बागी दिपक सिहले १ हजार, १४३, काँग्रेसकै बागी मदन दमाई २सय ५२, काँग्रेसकै अर्की बागी शारदा देवी चन्दले ७सय ३८ र स्वतन्त्र उम्मेदवार शुभाष सिह धामीले १०५मत ल्याएका छन ।

 उक्त निर्वाचन क्षेत्रमा ९७ हजार, ८ सय २२ मतदाता मध्ये कुल ५७ हजार ७५८मत खसेका थिए, जसमध्ये ५४ हजार ५९ सदर र ३ हजार ६सय ९९मत बदर भएका थिए । क्षेत्र ३ दुवै प्रदेश मत गणना जारी छ । गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचन अनुरुप काँग्रेसले २२हजार ५८, एमालेले १५ हजार ८१६, माओवादी केन्द्र ७ हजार ८८३, नेकपा एकीकृत समाजवादी, २ हजार, राप्रपाले ६ हजार २८०मत पाएका थिए । काँग्रेस र माओवादीको मतभार २९ हजार ९सय ४१ हुन आउँछ । लेखकले अन्य मत समाजवादी, राप्रपा सहितबाट समेत पाईएको छ । राप्रपा–एमाले गठबन्धनबाट २२ हजार ९६ हुन आउँछ । तर एमालेलाई राप्रपाबाट धोका पाएको कतिपयको ठम्याईछ । क्षेत्र ३मा संघ तर्फ (काँग्रेस–माओवादी) गठबन्धनमा ईमान्दारिता भएको र राप्रपा–एमालेका अन्तरघात भएको मत परिमाणले देखएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>