Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर ०८ गते बिहिबार

भक्तपुर १ मा सत्ता गठबन्धनका उमेदवार गाेठेकाे जमानत जफत ।

भक्तपुर निर्वाचन क्षेत्र नम्बर–१ मा पाँचदलीय सत्ता गठबन्धनका साझा उमेदवार एवं नेकपा (माओवादी केन्द्र)का नेता सुनील गोठेको जमानत जफत भएको छ ।

यहाँबाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उमेदवार प्रेम सुवाल प्रतिनिधिसभा सदस्य पदमा पुनः निर्वाचित भएका छन् । उनी ४२ हजार ७६१ मतसहित निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

भक्तपुर–१ मा कुल ७३ हजार ६१८ मत खसेको थियो । त्यसमध्ये ७१ हजार ७०९ मत सदर भएको छ । एक हजार ९०९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरले जनाएको छ ।

आयोगका अनुसार यहाँ माओवादी केन्द्रका उमेदवार गोठे चौथो स्थानमा रहे । उनले पाँच हजार २८३ मत पाएका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>