निलम्वित सांसद रेशमलाल चौधरीका बुबा र श्रीमतीले कैलाली र बर्दिया बाट संसदकाे यात्रा तय गरेका छन्। मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा उनका बुबा लालविर चौधरी र श्रीमती रञ्जिता श्रेष्ठ प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन।
चौधरी बर्दियाको क्षेत्र नं. २ बाट २६ हजार ५२० मत सहित विजयी भएका हुन भने श्रेष्ठ कैलाली क्षेत्र नं. १ बाट विजयी भएकी हुन। चौधरी स्वतन्त्रबाट चुनाव लडेका थिएभने श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष हुन। उनी सोही पार्टीको चुनावचिन्ह ढकियाबाट चुनाव लडेकी थिईन।
टीकापुर घटनामा दोषी ठहर भै हाल जेल जीवन बिताईरहेका रेशमलालले बर्दिया क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गरेका थिए। निर्वाचनआयोगले उनको उम्मेदवारी खारेज गरेपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका चौधरीलाई समर्थन गरेको थियो।
२०७४ को आमनिर्वाचनमा रेशमलाल कैलाली क्षेत्र नं. १ बाट भूमिगत अवस्थामै चुनाव लडेर विजयी भएका थिए। उनले ३४ हजार ३४१ मत ल्याएर विजयी भएका थिए। उनी तत्कालिन अवस्थामा राष्ट्रिय जनता पार्टीबाट चुनाव लडेका हुन।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया