Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर ०८ गते बिहिबार

आधिकारिक उमेदवार पराजित गर्दै प्रदेशसभा यात्रामा माओवादिका ४ सान्सद ।

सत्ता गठबन्धनको समेत समर्थनमा उम्मेदवार भएका ओली पार्टीकै बागी उम्मेदवार सरुल पुनमगरसँग पराजित भएका छन् । पार्टी निर्णयमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका सरुल भारी मतका साथ निर्वाचित भएका हुन् । यस्तै पश्चिम नवलपरासी क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ बाट माओवादी केन्द्रका बागी उम्मेदवार खड्ग बस्नेत निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनबाट माओवादीका चिनक कुर्मीलाई टिकट दिएपछि असन्तुष्टि जनाउँदै माओवादीका बस्नेतले बागी उम्मेदवारी दिएका थिए । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका कुर्मीलाई हराउँदै स्वतन्त्र उम्मेदवारी दिएका बस्नेत निर्वाचित भएका हुन् । रोल्पा प्रदेश सभा ‘ख’बाट दीपेन्द्र पुनले चुनाव जितेका छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उम्मेदवारी दिएका थिए ।

पार्टीको निर्णयको असन्तुष्टि जनाउँदै दीपेन्द्रले राजीनामा दिए स्वतन्त्र उम्मेदवारी दिएका थिए । अन्तमास् अमरसिंहलाई हराउँदै दीपेन्द्र निर्वाचित भए । मधेस प्रदेशको सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा ‘क’बाट पार्टीकै बागी उम्मेदवार जबाहरलाल कुशवाह निर्वाचित भएका छन् । एमालेका उम्मेदवार गणेश प्रसाईलाई पराजित गर्दै कुशवाह निर्वाचित भएका हुन् । सत्ता गठबन्धनबाट यस प्रदेशसभामा एकीकृत समाजवादीका डिल्ली उप्रेतीलाई उम्मेदवार बनाएको थियो ।

उनको विरुद्ध माओवादीबाट बागी उम्मेदवारी दिएका कुशवाह फराकिलो मत अन्तरले पराजित भएका छन् । अरु प्रदेशसभाको चुनावको नतिजा आउन बाँकी भएकाले अझ बढ्न सक्ने आकलन गरिएको छ । यसरी चुनाव जितेका पार्टीमा फर्किन्छ फर्किंदैनन् अहिल्यै भन्न सक्ने अवस्था छैन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>