Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर ०९ गते शुक्रबार

प्रतक्षमा सुदुरपश्चिम बाट प्रतिनिधि सभामा माओवादि शून्य ।

सुदूरपश्चिम प्रदेशका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये नेकपा (माओवादी केन्द्र)ले चार स्थानमा प्रतिस्पर्धा गरेको थियो । सत्ता गठबन्धनभित्र भागबन्डा गर्दा माओवादी केन्द्रले चार क्षेत्र पाएको हो । ती चार क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । चारै क्षेत्रबाट माओवादी केन्द्रका उमेदवार पराजित भए । योसँगै प्रतक्षमा सुदूरपश्चिमबाट प्रतिनिधिसभामा माओवादी शून्य भएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट माओवादी केन्द्रकी उमेदवार बीना मगर, कैलाली क्षेत्र नम्बर–२ बाट सोही पार्टीका भगत बढुवाल, कैलाली–३ बाट माओवादी केन्द्रकै कृष्णकुमार चौधरी र बैतडीबाट नरेन्द्र कुँवर पराजित भएका हुन् 

कञ्चनपुर–१ बाट नेकपा (एमाले)का उमेदवार तारा लामा तामाङ निर्वाचित भए । उनले २४ हजार ८९२ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी मगरले १९ हजार ३४६ मत प्राप्त गरिन् ।

कैलाली–२ बाट नागरिक उन्मुक्ति पार्टीका उमेदवार अरुणकुमार चौधरी २१ हजार ८७१ मत ल्याउँदै निर्वाचित भए । यहाँ माओवादी केन्द्रका भगत बढुवाल १५ हजार ११६ मतसहित तेस्रो स्थानमा रहे ।


कैलाली–३ बाट नागरिक उन्मुक्ति पार्टीका उमेदवार गंगाराम चौधरी २३ हजार १२० मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत पाए ।

बैतडीबाट नेकपा (एमाले)का सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहेका दामोदर भण्डारी निर्वाचित भए । उनले ३३ हजार ६११ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नरेन्द्र कुँवर ३२ हजार ८० मत पाए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>