Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
२०७८ मङि्सर २६ गते आइतबार

दुवईमा हराएकाे घडि अासाममा भेटियाे ।

महेन्द्रनगर - फुटबल बादशाह डियगो म्याडोनाको हराएको घडी भारतको आसाममा फेला परेको छ। करिब १३ हजार २ सय डलर मूल्य बराबरको हबलट वाच दुबईबाट हराएको थियो। घडी फेला पार्ने भारतीय दुबईमा काम गर्थे। उनी हालसालै दुबईबाट भारत फर्किएको प्रहरी अनुसन्धानमा खुलेको छ। दुबई प्रहरीको सहयोगमा सो घडी फेला परेको आसामका मुख्यमन्त्री हिमान्त विश्व शर्माले अाफ्नाे ट्विटरमा जानाकारी दिएका छन्।
‘अन्तर्राष्ट्रिय सहकार्य र आसाम प्रहरीको संयोजनमा म्याडोनाको घडी फेला परेको छ। दोषीमाथि कानुनी कारबाही गरिएको छ’, शर्माले भनेका छन्।
आरोपित व्यक्ति दुबईस्थित एक कम्पनीमा सुरक्षा गार्डको रुपमा काम गर्थे। कम्पनीमा केही दिन काम गरेपछि बाबु बिरामी भएको भन्दै ती व्यक्ति अगस्टमा आसाम फर्किएका थिए।
घडी हराएपछि दु्बई प्रहरीले आसाम प्रहरीको सहकार्यमा अनुसन्धान बढाएको थियो। त्यसलगत्तै वाजी हुसेन शनिबार घरबाटै पक्राउ परेका थिए। उनी बसेको घरबाट घडी पनि भेटिएको थियो। 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>