Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ मङि्सर २६ गते सोमबार

आजबाट सुदूरपश्चिम विश्वविद्यायले पहिलाे पटक अन्तरास्ट्रिय सम्मेलन गर्दै ।

सुदूरपश्चिमको अध्ययन सम्बन्धी तिन दिने अन्तराष्ट्रिय सम्मेलन आजबाट महेन्द्रनगरमा सुरु हुदैछ । सुदूरपश्चिम विश्वविद्यालयको आयोजना तथा अक्सफोर्ड विश्वविद्यालय र ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलको प्राविधिक सहयोगमा सुदूरपश्चिमको अध्ययन हेरिटेज ईनाेभेसन एण्ड ट्रान्सफर्मेसन विषयक अन्तराष्ट्रिय सम्मेलन आजबाट हुन लागेको हो ।
सुदूरपश्चिम सम्बन्धी विबिध पक्षहरुमा ज्ञानको उत्सर्जन गर्ने उद्देश्य राखी विश्वविद्यालयले उक्त सम्मेलनको आयोजना गरेको आईतबार पत्रकारसम्मेलमार्फत जानकारी दिएको छ ।
सम्मेलनले सुपको वास्तविकता बारे विबिध पक्षको ज्ञान बाहिर ल्याउन सहयोग पुग्ने, नयाँ सोधकर्ताहरुलाई अध्ययनका लागि सहयोग मिल्नुका साथै सरकारका विभिन्न निति बनाउनका लागी उपयोगि हुने विश्वविद्यालयका उपकुलपति प्राडा अम्मराज जोशीले बताए ।
सुदूरपश्चिमको साहित्य, कला, कृषि, समाज, ईन्जिनियरिङ्ग, मेडिकल, शिक्षा, बातावरण, सोसल साईन्स, ईतिहास लगायतका विषयमा ७६ वटा सोधपत्र प्रस्तुत हुने उपकुलपति जोशीले बताए ।

प्रा.डा. कृष्ण अधिकारीले अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलनको आफ्नै खाका हुने भएकोले यसलाई बहुबिधाको सम्मेलनका रूपमा हेरिएको बताए । उनले सम्मेलनमा दुईप्रकारका गरी ४ सय १६ जना सहभागिले प्रत्यक्ष र भर्चुअल माध्यमबाट सहभागिता जनाउने बताए ।
१९० जना भौतिकरुपमै सहभागि हुदैछन भने बाकी भर्चुअल माध्यमबाट सहभागि हुनेछन् । सम्मेलनमा स्वीजरल्याण्ड, जर्मन, जापान, भारत, चिनलगायतका नौ देशबाट सोधकर्ताहरु सम्मेलनमा सहभागि हुने विश्वविद्यालयले जनाएको छ ।

सुुदूरपश्चिम विश्वविद्यालयको इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुन गइरहेकोले यसले विभिन्न विधाको विकासलाई अध्ययन, अनुसन्धान गर्न मद्दत गर्ने विश्वास लिइएको छ ।
स्थापनाको १२ वर्षपछि सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो प्राज्ञिक विधालाई विस्तार गरिरहेको छ । यसले विश्वविद्यालयको महत्त्व र ओजलाई अझै बढाउने देखिन्छ । प्रतक्ष कार्यक्रम यस्ताे थियाे, फेसबुक लाईभमा हेर्न क्लिक गर्न सकिन्छ । https://fb.watch/hmdYQWQL32/


#सुपवि

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>