Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष ०३ गते आइतबार

आफन्त बाटै महिला बेचबिखन हुँदै, यस्ताे छ बर्षभरिकाे अवस्था ।

 चेलीबेटी बेचबिखनबाट मुक्त समाज भन्ने मुला नाराको साथ मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि कार्य गर्दै आईरहेको माइति नेपालले आइतबार पत्रकार सम्मेलन गरी २०२२ जनवरी देखि डिसेम्बर सम्म संस्थाले गरेको रोकथाम/निरोध/उद्धार/पुनस्र्थापना तथा अभियोजन बारे प्रष्ट पारेको छ ।

माइति नेपालले २०२२ जनवरी देखि डिसेम्बर सम्म संस्थाले चेलीबेटी बेचबिखन हुन बाट रोक्नको लागि १ वर्षमा गरेको कार्य कञ्चनपुरको पश्चिमी नाका गौड्डाचौकी सिमाबाट ८८ जना र झोलुङ्गे पुल ६८ जना गरी १५६ जना जसमा ७५ जना १८ वर्ष मुनिका बालबालिकालाई भारतमा बेचबिखन हुनबाट रोकथाम गरिएको थियो । सोही अवधिमा चेलीबेटी बेचबिखनबाट रोकथाम गर्न ३ हजार ६सय ८८ सवारी साधन चेकजाँच गरीएको थियो । २४ हजार ९सय २७ जनालाई बेचबिखन तथा सुरक्षित बसाईसराई बारे परामर्श प्रदान गरको थियो । मानव बेचविखनमा परेको आशंका गरी २०५ वटा निवेदन खोजतलासको लागि परेका थिए जसमा ३५ जनाको उद्दार गर्न संस्था सफल भएको थियो । घरेलु हिंसामा परेका ४२ वटा निवेदन दर्ता भएकोमा २७ जनाको समस्या समाधान गर्न सफल भएको थियो । त्यसैगरी भारतका विभिन्न स्थानमा बेचिएका २२ जना चेलीबेटीको उद्धार गरिएको थियो ।
गरिबी र शिक्षाको कमीका कारण ‘अधिकांस परिवारकै सदस्य तथा आफन्तबाट बेचबिखनमा परेको पायौं,’ माइति नेपालकी कञ्चनपुर जिल्ला संयोजक महेश्वरी भट्टले बताइन, जसका कारण ‘रोजगारीको प्रलोभन छिटो समयमा धेरै धन आर्जन गर्ने सपना बोकाएर भारतमा पुगाएका घटना धेरै छन, सामाजिक सञ्जालको दुरुपयोगका कारण समेत मानबबेचबिखन बढाएको संयोजक भट्टले बताईन् ।’
मानव बेचबिखन जस्तो जघन्य अपराधको शिकार हुन नदिनका लागि माइति नेपालले समुदाय स्तरमा विभिन्न प्रकारका जनचेतना मुलक कार्यक्रमहरु जस्तै घरदैलो तथा पर्चा पम्पलेट वितरण, किशोरीहरुलाई मानव बेचबिखन विरुद्ध कानुनी अनुशिक्षण, सडक नाटकहरु गर्दै आएको संयोजक महेश्वरी भट्टले बताइन् । ‘ त्यसैगरी सरोकारवाला सम्पुर्ण सरकारी एवं गैर सरकारी निकायलाई जिम्मेवारी बोध गराउनका लागि समय समयमा विभिन्न प्रकारका छलफल तथा अन्तरक्रिया कार्यक्रमहरुलाई पनि निरन्तरता दिदै आइरहेको संयोजक भट्टले बताइन् ।


#माईति नेपाल

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>