Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष १० गते आइतबार

कंचनपुरमा औपचारिक रुपमा सुरु भयाे भुवा पर्व यस्ताे मान्यता ।

कञ्चनपुरको सिद्ध सामुदायीक सेवा समितीले सुदुरपश्चिमका बझाङ, बाजुरा र अछाम लगायतका जिल्लाहरुमा मनाईदै आएको मौलिक पर्व भुवा भस्सो कंचनपुरमा आयोजना गरेको छ । समितीले भीमदत्त नगरपालिका वडा नम्वर ७ हल्दुखालमा एक कार्यक्रमका विच भुवा भस्सो पर्वको आयोजना गरेको हो ।

सुदुर पश्चिम प्रदेश कला र संस्कृतिको दृष्टिकोणले आफैमा धनी छ तर पुराना कला सस्कृतिहरु लोप हुदै गएका छन । यिनै लोपोन्मुख कला मध्येको सुदुरपश्चिमका पहाडि जिल्ला बझाङ, बाजुरा र अछाम लगायतमा मनाईदै आएको मौलिक पर्व भुवा भस्सो पनी एक हो ।

परापुर्व कालको कौरव र पाण्डवको युद्धकलालाई प्रतिनिधित्व गर्ने उक्त भुवा भस्सो लाई जगेर्ना गर्न कञ्चनपुरको भीमदत्त नगरपलिाका वडा नम्वर ७ को सिद्ध सामुदायीक सेवा समितिले गत वर्ष बाट शुरु गरेको भुवा भुस्सो पर्व २०७९ को आयोजना गरेको हो ।

सुदुरपश्चिम प्रदेशका प्रदेस प्रमुख देवराज जोशीले एक कार्यक्रमका विच उक्त पर्वको उदघाटन गर्नु भएको छ । भुवा भस्सो पर्वको उदघाटन गर्दै प्रदश प्रमुख जोशीले हामीले मनाउने विभिन्न पर्वहरुका सांस्कृतिक तथा वैज्ञानीक महत्व हुने वताउनु भएको छ । संस्कृतिको संरक्षण गर्न सके मात्र राष्ट्रीयता जिवित रहने समेत उहाले बताउनु भयो ।



उक्त खेल पौष महिनाकाे औँसीदेखि पूर्णिमासम्म भुवो पर्व खेल्ने प्रचलन रहेकाे छ । त्रेतायुगमा पाण्डव र कौरबबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले जितको खुसीयाली मनाएको दिनदेखि यो पर्व सुरु भएको किंवदन्ती छ ।  खेल्ने चलन रहेको छ तर पौष महिना सकिनु भन्दा पहिले नै पुर्णिमा तिथी परेमा त्यही दिन समाप्त गर्नु पर्ने चलन रहदै आएको छ । खेलमा पौराणिक युद्धकला प्रदर्शन हुने गर्दछ भने दमाहा बाजा तथा देउडा खेलहरु समेत प्रदर्शन गर्ने गरिन्छ । कार्यक्रम अवधि भर देवि देवताका महिमा धुमारी ढुस्को समेत खेल्ने चलन रही आएको संस्कृतिविद लक्ष्मिकान्त जाेशीले बताउनुभयाे । भू को अर्थ जमीन अर्थात भुमि र वा को अर्थ विभिन्न हुने र शास्त्रहरुमा यसको प्रष्ट वर्णण गरिएको संस्कृतीविद जोशीले बताउनु भयो ।

भीमदत्त नगरपालिका–७ को सिद्ध सामुदायिक सेवा समितिले आयोजना गरेको उक्त पर्वमा राष्टका ख्याती प्राप्त कलाकारहरु नरेन्द्रराज रेग्मी, लाल वहादुर धामी , अराज केशव, लक्ष्मण अधिकारी लगायतको प्रस्तुति समेत रहने छ । नयाँ लुगा लगाई, चिटिक्क परेर पर्वमा सामेल हुन्छन । सामाजिक एकता र माया बढाउने पर्वका रुपमा समेत लिइने यस खेललाई जगेर्ना गर्नु आजको आवश्यक्ता समेत रहेको छ ।

बझाङ, बाजुरा र अछाममा पुरै समय भुवा खेल्ने चलन भए पनि आजभाेलि त्यहाँबाट बसाइँ सराँई गरेर तराई तिर आएकाहरुले संस्कृति लाेप हुन लागेकाे महशुस गर्दै केही दिन भएपनि औपचारिक रुपमा कार्यक्रम गर्न थालेका छन ।


#भुवा भस्साे

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>