Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष १३ गते बुधबार

कुखुरामा भ्रष्टाचार गरेकाे आराेपमा नायब सुब्बा बिरुद्ध विशेष अदालतमा मुद्दा दर्ता ।

किसानको जीवनस्तर उकास्ने र आर्थिक उपार्जनमा सहयोग गर्नका लागि भनेर स्थानीय सरकारमा कार्यरत कर्मचारी नै कमाउ धन्दामा लागेकाे भन्दै कालीकोटको खाँडाचक्र नगरपालिका कर्मचारिका माथि अख्तियारले मुद्दा चलाएकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार विशेष अदालतमा दायर गरेको छ । नगरपालिकाले पोल्ट्री बङ्गुर फार्मसँग चार सय २० कुखुरा उपलब्ध गराउने सम्झौता गर्यो । नगरपालिकाका नायब सुब्बा दीपकराज देवकोटाले उक्त फार्मको नाममा भुक्तानी लिए तर चेक लुकाए । त्यसको पछाडिको कारण थियो फार्मसँग घुस माग्नु ।

नगरपालिकाको वडा नं ३ र ४ मा लघु उद्यम विकासअन्तर्गत कुखुरा सीप विकास कार्यक्रम चलाइएको छ । त्यसका लागि साकोनी जातको चल्ला खरिद गरेर किसानलाई उपलब्ध गराउने योजना थियो । कुखुरा पालनसम्बन्धी १५ दिने तालिम सञ्चालन गर्ने योजना तय भएको थियो तर, एक दिन मात्रै तालिम सञ्चालन गरी पूर्णरुपमा तालिम सञ्चालन भएको भनी नक्कली विवरण तयार पारिएको आयोगले गरेको अध्ययनमा देखिएको छ । नायब सुब्बा देवकोटाले फोल्ट्री फार्मलाई रु एक लाख ८० हजार एक सय १८ बराबरको भुक्तानी सम्झौताअनुसार दिनुपर्ने थियो तर रु ३० हजार एक सय ८० बराबरको रकम भने घुस लिएको आयोगको आरोप छ ।

आयोगका अनुसार नायब सुब्बा देवकोटाले कार्यालयमा पेश गरेको विवरणमा भने रु एक लाख ९७ हजार आठ सय ९५ बराबरको भुक्तानी गरेको देखिन्छ । यस आधारमा नासु देवकोटाविरुद्ध आयोगले दुई वटा फरक–फरक मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । आयोगले कैद र बिगोबमोजिमको कारबाहीको माग गरेको छ । 


#भ्रष्टाचार

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>