Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
मेलाैली
भिमसिह धामी
२०७९ पुष २४ गते आइतबार

बैतडिकाे मेलाैलिमा छात्राहरु बेहाेश हुनथालेपछि बिद्यालय बन्द, समस्या पत्ता लाग्न सकेन ।

बैतडी मेलौलि नगरपालिका वडा नम्बर ०७ औपचारिक शिक्षाको प्रस्थान बिन्दु मणिलेक नमुना माध्यमिक बिद्यालयमा अनौठो समस्या देखिएर पठनपाठन नराम्रो सित प्रभवित भएको छ ।

विद्यालयका किशोरीहरु एक्कासि बेहोश हुने , नानाथरी कुरा बोल्ने , रुने, कराउने, बहकिने र मुर्छा पर्ने समस्याले विद्यलय आक्रान्त बनेको छ!  आज आईतबार बिहान प्राथनाको समयमा एक्कासि केहि छात्रा विद्यार्थीहरु बेहोस हुनुको साथै ढुङ्गामुडा समेत गर्ने कार्य गर्नथाले पछि विद्यालयको पठनपाठन पुर्णरुपले बन्द भएकाे विद्यालय प्रशासनले जनाएकाे छ ।

  यो  समास्या बिगत लामो समय देखि चलिरहेको छ!  यहा का स्थानिय बासिन्दा र विद्यार्थी का अनुसार विद्यालय को नवनिर्मित घेरबार हो भन्छन तर समस्या के हो ? यसको समाधान के हो ? कोहि पनि निष्कर्ष मा पुग्न सकेका छैनन । यो समस्याका बारे सरोकार वालाहरुले तेति चासो नदेखाएको पनि केहि स्थानियहरुको गुनासो छ ।

यो समस्या नै अनौठो प्रकृतिको भएकोले यसमा अनेक अटकल र दृष्टिकोण रहेका छन !  यो विद्यार्थीहरुको मनोवैज्ञानिक समस्या हो कि ? शारिरिक समस्या हो कि ? धार्मिक समस्या होकि केहि एकिन हुन नसकेकाे विद्यालय स्राेतले बताएको छ ।

यो समस्याले गर्दा विद्यालयको दैनिक कृयाकलापहरु प्रभावित भएको र यो कहिले समाधान हुने हो भन्ने मात्र चिन्ता भएको कुरा विद्यालय स्राेतले बताएको छ ।  विद्यालय प्रशासनले र विद्यालय ब्यबस्थापन समिति ले यो समस्या समाधान का लागि धेरै प्रयास गरेको तर केहि सिप नलागेकोमा निरास भएकाे बताएको छ ।


#छात्रा बेहाेस

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>