Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष २६ गते मङ्गलबार

०७२ काे संविधान जारि भएपछि संसदमा अभुतपुर्व बिश्वास प्राप्त गरे प्रचण्डले ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा ०७२ काे संविधान जारि भएपछि अभूतपूर्व विश्वास आर्जन गरेका छन् । प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि निर्णय गर्न आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रचण्डलाई २६८ सांसद्ले विश्वासको मत प्रदान गरे । 

प्रतिनिधिसभामा २७५ सदस्य छन् । आज दुई सय ७० सांसद उपस्थित थिए । प्रस्तावको विपक्षमा दुई मत पर्यो । प्रचण्डलाई कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपाले विश्वासको मत दियो । 

यस्तै, प्रतिनिधिसभामा रहेका स्वतन्त्र सांसद्हरू प्रभु साह, डा. अमरेशकुमार सिंहले पनि मत दिए । राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त हुँदा प्रचण्डले सात राजनीतिक दल र दुई स्वतन्त्र गरी १६९ सांसदको समर्थन प्राप्त गरेका थिए । 

प्रधानमन्त्रीमा समर्थन नगर्ने दलहरुले समेत विश्वासको मत दिने भएपछि अब प्रतिनिधिसभामा एक÷एक सिट रहेका नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चा मात्रै प्रचण्डलाई विश्वासको दिएनन् । नेमकिपाका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीको विपक्षमा मतदान गरे ।


#प्रचण्ड

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>