Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ पुष २८ गते बिहिबार

धर्मानन्द जाेशीले मातृभूमिका २ विद्यालयमा ११/११ लाखकाे छात्रबृति अक्षयकाेष स्थापना गरे ।

दार्चुलाका धर्मानन्द जाेशीले मातृभूमिका २ विद्यालयमा ११/११ लाखकाे छात्रबृति स्थापना गरेका छन । जाेशीले लेकम गाउँपालिकाकाे हुनैनाथ माबि राटामाटा र शैल्यशिखर नगरपालिकाकाे गलैनाथ माबि झरकडामा अक्षयकाेष स्थापना गरेका हुन ।

मातृभूमि छात्रबृत्ति अक्षयकोष स्थापना गर्ने जोशीलाई एक समारोहका बिच विशेष सम्मान तथा अभिनन्दन गरिएको छ । रातामाटामा आईतबार र झरकडामा बुधबार औपचारीक समारोहको आयोजना गरी शिक्षाप्रेमी तथा समाजसेवी शैल्यशिखर नगरपालिका वडा नम्बर ८ पपरथलाका धर्मानन्द जोशीलाई सम्मानित गरिएको हो ।

हुनैनाथ माबिका पूर्वछात्र समेत रहेका पपरथला निवासी जोशी हाल युनाइटेड नेसन्स एसियन मिसन इराकमा कार्यरत हुनुहुन्छ। वहाले स्थापना गरेकाे अक्षयकाेष रकमबाट उत्कृष्ट, जेहेनदार विद्यार्थीले छात्रबृत्ति पाउनेछन् । रातामाटामा प्रधानाद्यापक श्यामराज जोशी र झरकडाका प्रधानाद्यापक जयधन जाेशी लगायतले जोशीलाई विशेष सम्मानसहित अभिनन्दन गरेको छ ।

मातृभूमि छात्रबृत्ति अक्षयकोषमा अरुले पनि सहयोग गर्न सक्ने अक्षयकाेषका संस्थापक धर्मानन्द जाेशीले बताएका छन । वहाँका अनुसार याे काेष आफ्नै बुवा बाजेका नाममा राख्न सकिने भएपनि याे काेषमा सबैले याेगदान गर्न सकुन र काेष बढ्दै जाओस भनेर मात्रभूमि अक्षयकाेष नामले स्थापना गरेकाे बताएका छन । याे काेषकाे ब्याज बाट आउने रकम बाट लक्षित विद्यार्थिलाई छात्रबृति प्रदान गरिने र केही बचेकाे ब्याज रकम पुन: काेषमा थपिने भएका कारण काेष बढ्दै जानेछ ।

उक्त समारोहमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, अभिभावक, सञ्चार र सुरक्षाकर्मी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । जाेशीलाई अठाेला परिवार समेत  बिभिन्न परिवार र समाजका ब्याक्तिहरुले धन्यवाद ज्ञापन गरिरहेका छन ।


#धर्मानन्द जाेशी

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>