Samriddhipost
२०८३ असोज ०८ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ माघ ०५ गते बिहिबार

हिजाे घटेकाे शेयर बजार सुचक आज बढ्याे, यस्ताे भयाे काराेबार ।

आज सेयर बजार सूचक नेप्सेमा ५ अंकको सुधार आएको छ । अघिल्लो दिन ९ अंकले घट्दै २१७३.१० अंकमा ओर्लिएको नेप्सेमा आज ५.७१ अंकको वृद्धि हुँदै २१७८.८१ अंकमा उक्लिएको हो । 

आज अघिल्लो दिनको तुलनामा सेयर कारोबारमा भने घट्न पुगेको छ । अघिल्लो दिन ९ अंकले घटेको बजारमा ४ अर्ब ९२ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार हुँदैगर्दा आज जम्मा ३ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा बढी एनआईसी एसिया बैंकको १८ करोड ४ लाख ४४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने रिडी पावर कम्पनीको १२ करोड ३२ लाख २७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

साताको अन्तिम कारोबार दिन समेत रहेको यस दिन बैंकिङ समूहको उपसूचक ०.६६ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको १.०३ प्रतिशतले, इन्भेष्टमेन्ट समूह १.७८ प्रतिशतले, मुचुअल फन्ड १.४७ प्रतिशतले, नन् लाइफ इन्स्योरेन्स ०.२१ प्रतिशतले र ट्रेडिङ समूहको उपसूचक २.६८ प्रतिशतले बढेको छ । 

यता डेभलमेन्ट बैंक समूहको उपसूचक ०.१४ प्रतिशतले घट्दा आज फाइनान्स समूहको उपसूचक ०.४६ प्रतिशतले, होटल तथा पर्यटन १.०९ प्रतिशतले, लाइफ इन्स्योरेन्स ०.३० प्रतिशतले, म्यानु एण्ड प्रो ०.४९ प्रतिशतले, माइक्रोफाइनान्स समूह ०.७४ प्रतिशतले र अन्य समूहको उपसूचक ०.८८ प्रतिशतले घटेका छन् । 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>