Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ माघ १८ गते बुधबार

महेन्द्रनगरकाे प्रतिष्ठित विद्यालयमा लाग्याे ताला, शिक्षकनै आन्दाेलित पठनपाठन बन्द ।

महेन्द्रनगर माध्यमिक विद्यालयका शिक्षक आन्दोलित बनेका छन्। तहगत प्रधानाध्यापक नियुक्तिको माग गर्दै उनीहरुले विद्यालयमा तालाबन्दी गरेका हुन्। 

शिक्षक आन्दोलनमा उत्रिएपछि विद्यालयको पठनपाठन ठप्प भएको छ। लामो समयदेखि पटक पटक तहगत प्रधानाध्यापक नियुक्तिका लागि आग्रह गर्दा पनि आफूहरुको माग सम्बोधनमा बेवास्ता गरेपछि विरोध स्वरुप आन्दोलनमा उत्रिएको एक शिक्षकले बताए।

उनका अनुसार विद्यालय व्यवस्थापन समितिलाई तहगत प्रधानाध्यापक नियुक्तिका लागि लिखित आग्रह गरिएको थियो। तर लामो समयसम्म पनि तहगत प्रधानाध्यापक नियुक्त नभएपछि विद्यालयमा किचलो बढेको हो। 

विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले भीमदत्त नगरपालिकाको ‘तहगत प्रधानाध्यापकको व्यवस्था’ गर्ने निर्णयको बेवास्ता गर्दै करिब डेढ वर्षसम्म निर्णय कार्यान्वयनमा ल्याएको छैन।

०७८ चैत्र २ गते भीमदत्त नगरपालिकाले तहगत प्रधानाध्यापकको व्यवस्था गर्ने निर्णय गरेको भन्दै मातहतका सामुदायिक विद्यालयलाई माथिल्लो तहको स्थायी शिक्षकलाई प्रधानाध्यापक नियुक्ति गर्ने व्यवस्था गर्न पत्राचार गरेको थियो।

विद्यालयमा माध्यमिक तहका स्थायी शिक्षक विनोद सिंह हाजिर भएको करिब डेढ वर्ष बित्नै लागेको छ। तर, विद्यालयले भने नगरपालिकाको निर्णय कार्यान्वयन गर्न आलटाल गरिरहेको छ।

विद्यालयमा निम्न माध्यमिक तहको स्थायी शिक्षक चन्द्रकला पन्तले नै प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहेकी छन्। 

नेपाल राष्ट्रिय शिक्षक संगठन भीमदत्त नगर समितिले शिक्षा नियमावली २०५९ को परिच्छेद १७ को नियम ९३ (२) बमोजिम भीमदत्त नगरपालिका अन्तर्गतका केही विद्यालयहरुमा तहगत स्थायी शिक्षक हुँदा हुँदै पनि सञ्चालित तहअनुसार तहगत प्रधानाध्यापक नियुक्त हुन नसक्नु दुखःद भनेको छ।

भीमदत्त नगरपालिका शिक्षा समितिले २०७८ असार ३१ गते र भीमदत्त नगरपालिका नगर कार्यपालिकाले ०७८ साउन १ गते अनुमति पाएर सञ्चालन भएका विद्यालय स्वीकृत प्रदान गरी तहगत प्रधानाध्यापक व्यवस्थापन उद्धेश्यका साथ दरबन्दी मिलान भएको लगभग डेढ वर्ष बितिसक्दा पनि तहगत प्रधानाध्यापक नियुक्त हुन नसक्दा विद्यालयमा शिक्षक र कर्मचारीबीच विवाद सृजना भएको छ।

पठनपाठनमा बाधा पुग्ने तथा कार्य सम्पादन मूल्याङ्कन गर्न/गराउन समेत अप्ठेरो पर्ने भएकाले तत्काल तहगत प्रधानाध्यापक नियुक्त गरेर विद्यालयमा हुने विवाद हटाउन अध्यक्ष सोमराज जोशीद्धारा हस्ताक्षरित विज्ञप्तीमा माग गरिएको छ। 


#साधारण स्कुल

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>