Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
धनगढी
२०७९ माघ २१ गते शनिबार

ट्राफिक प्रहरी उत्रियाे एक्सनमा, अनावश्यक ध्वनि नियन्त्रण गर्दै ।

अत्तरियास्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयले ट्रकलगायत ठुला सवारीसाधनहरुमा जडान गरिएका प्रेसर हर्न र मोडिफाई गरिएका मोटरसाइकलको साइलेन्सर निकाले अनावश्यक  ध्वनि नियन्त्रण गर्न थालेकाे छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपेन्द्रकुमार पालका अनुसार ध्वनि प्रदुषण नियन्त्रण गर्नका लागि प्रेसर हर्न र मोडिफाई गरिएका मोटरसाइकलका साइलेन्सर निकाल्न थालिएको हो।

यस अवधिमा ५ सय ७७ वटा ठुला सवारी साधनको प्रेसर हर्न निकालेर चालकलाई सम्झाई बुझाई गरी छाडिएको छ। 

यस्तै स्वरुप परिवर्तन गरिएका १ सय २३ वटा मोटरसाइकलको पनि साइलेन्सर निकालिएको छ। साइलेन्सरमा प्वाल पारेर चलाउदा ध्वनि प्रदुषण हुने गरेको छ।

प्रदेश प्रहरी कार्यालय र मातहतका वडा एरियाहरुले अभियानकै रुपमा यस्तो कार्यक्रम सञ्चालन गरिएको डिएसपी पालले जानकारी दिए।

‘लामो तथा छोटो दुरीका सवारीसाधन र स्वरुप परिबर्तन गरी चलाइएका बुलेट मोटरसाइकलहरु नियन्त्रणमा लिएर ध्वनि प्रदुषण गर्ने प्रेसर हर्न र साइलेन्सर निकालेर सम्झाई बुझाई गरी छाडिरहेका छौँ,’ उनले भने।


#ट्राफिक

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>