Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
बैतडी
२०७९ फागुन १४ गते आइतबार

बर्खाकाे भेलमा उद्धार गर्न सक्ने जीवन कसरी भेटिए मृत ।

बैतडि मृत भेटिएका जीवन बुडाल मृत्यु  घटनाको प्रहरीले अनुसन्धान थालेको बताएको छ ।

पीडित परिवारले घटना शंकास्पद भएको भन्दै छानविनका लागि प्रहरीलाई किटानी जाहेरी दिएका छन्। 

दाइ गोविन्द सिंह बुडालले जीवनसँगै पिकनिक गएका अन्यमाथि अनुसन्धानका लागि आइतबार दिउँसो दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय बैतडीले बुझेको छ। तर, जाहेरी दर्ता भने भएको छैन।

शनिबार इष्टमित्र र साथीहरुसँग पिकनिक गएका दशरथचन्द नगरपालिका–१० खडेनीका बुडाल राति दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदीमा मृत भेटिएका थिए। 

उनी राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदमा बझाङमा कार्यरत थिए। केही दिन अघि मात्रै बुडाल विदामा घर आएका थिए। 

पिकनिक मनाउन साथी र इष्टमित्रसहित ११ जना पनि बुडालसँगै गएका थिए। दशरथचन्द नगरपालिका–६ शेरासम्म गाडीमा गएका उनीहरु त्यहाँबाट हिँडेर जाडाबगड पुगेका थिए। 

पीडित परिवारले घटना रहस्यमय भएको भन्दै ती ११ जनामाथि अनुसन्धानको माग गरेको छ। अहिले उनीहरु प्रहरीको निगरानीमा छन्। सँगै पिकनिक गएका ११ जना जिल्ला प्रहरी कार्यालयको हातामा रहेका छन्। 

‘सँगै पिकनिक मनाउन गएकाहरु अहिले हाम्रो सम्पर्कमै छन्, कसैलाई नियन्त्रणमा लिएका छैनौँ,’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले भने, ‘जाहेरी आउँदैछ, दर्ता भइसकेको छैन, घटनाको अनुसन्धान पनि अगाडि बढेको छ। प्रारम्भिक सोधपुछ थालेका छौँ।’

शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। बुडालको मृत्युको कारण खुलेको छैन। शवको प्रकृति हेर्दा घटना शंकास्पद देखिएको घटनास्थल पुगेका एक स्थानीयले बताए।

‘बायाँ आँखा र छातिमा चोट छ, एक ठाउँमा पिकनिक खाएका छन्, अर्को ठाउँमा नुहाउन गएको देखिन्छ,’ ती स्थानीयले भने, ‘मृतकको लुगा अर्कै ठाउँमा र मोबाइल पिकनिक गएका अन्य मानिससँग भेटिएको छ।’

आफन्तका अनुसार महाकालीको किनारको बस्ती खडेनीका स्थानीय बासिन्दा रहेका मृतक बुडाल पौडीका सिपालु थिए। उनी बर्खामा पौडी खेलेर जोखिममा परेका मानिसको उद्दार समेत गर्थे कसरी मृत भेटिए भनेर प्रश्न गर्दछन ।

सँगै पिकनिक गएकाहरुले शनिबार दिउँसो १ बजे पौडी खेल्ने क्रममा बुडाल बेपत्ता भएको प्रहरीसमक्ष बताएका छन्। त्यसपछि खोजी गर्दा नभेटिए पछि उनीहरुले थप खोजबिनका लागि बेलुकी ६ बजे प्रहरी चौकी सेरामा निवेदन दिएका थिए। 


#जीवन बुडाल

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>