Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
दाेधारा चादनी
२०७९ फागुन २९ गते सोमबार

दाेधारा चाँदनीमा बाढि प्रभावित सामुदायिक विद्यालयका विध्यार्थिलाई पाेशाक बितरण ।

कञ्चनपुरको दोधारा चादनी नगरपलिकाले बाढी बाट प्रभावित क्षेत्रमा रहेका बिद्यालयका बिद्यार्थीलाई निशुल्क पोशाक वितरण गरेको छ । यस क्षेत्रका न्यून आर्थिक अवस्था भएका बिद्यार्थीहरुलाई बिद्यालय पोशाक बितरण गरिएको हो ।

दोधारा चादनी नगरपालिकाले नगरभित्रको बाढी प्रभावित क्षेत्रमा रहेको ओंमकार आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु लाई निशुल्क रुपमा विद्यालय पोशाक वितरण गरेको छ । नगरपलिकाले यस विद्यालयका  कक्षा १ देखी  ७ सम्मका २ सय जना बिद्यार्थीलाई निशुल्क विद्यालय पोशाक बितरण गरेको हो ।

यस क्षेत्रका विपन्न तथा न्युन आय भएका विद्यार्थीहरु लाई पठन पाठनमा सहयोग पुगोस भन्ने उद्देश्यले निशुल्क पोशाक वितरण गरिएको दोधारा चादनी नगरपालिकाका उपप्रमुख गंगा देवी जोशीले वताउनु भयो । एका तिर महाकाली नदी र अर्को तिर जोगबुडा नदीको विचमा पर्ने वस्तिमा विपन्न समुदाय तथा पिछिडएको क्षेत्र र परिवारको आर्थिक अवस्था कमजोर भएको हुदा नगरपलिकाले पोशाकको लागी वजेट विनीयोजन गरेको उहाले वताउनु भयो । 


आर्थीक अवस्था कमजोर भएका कारण विद्यार्थीहरु विद्यालयमा कम उपस्थित हुने अवस्था श्रृजना भएका कारण विद्याथर्थिहरु लाई पोशाक वितरण गरिएको दोधारा चादनी नगररपालिका शिक्षा शाखा प्रमुख हरि दत्त जोशीले वताउनु भयो । साथै उहाले गरिव समुदायका वालवालीकाहरु लाई पोशाकको व्यवस्था गरेकोमा नगरउपप्रमुखलाई धन्यवाद समेत दिनु भएको छ ।

पोशाक वितरण पश्चात सामुदायिक बिद्यालय तर्फ घट्दो आकर्षणलाई पुन बढाउन र बिद्यार्थीहरुलाई बिद्यालयमा नियमित उपस्थित गराई पठनपाठनमा सहभागी गराउन हौसला बढ्ने अपेक्षा गरिएको छ ।

दोधारा चादनी नगरपालिकाले निशुल्क पोशाक दिए पछी बिद्यार्थी तथा अभिभावकहरु समेत खुशि देखिएका छन । दोधारा चदनी नगरपालिका– १० को ओंमकार आधारभुत बिद्यालय संगै जंगली हात्ती पिडित क्षेत्र भनेर चिनीने दोधारा चादनी – ३ मा समेत बिद्यार्थीहरुलाई पोशाक बितरण गर्ने कार्यक्रम रहेको छ ।


#पाेशाक बितरण

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>