Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
बैतडी
२०७९ फागुन ३० गते मङ्गलबार

मणिलेकमा नेविसंघले स्ववियु निर्वाचन प्रभावित गर्न खाेज्याे: प्रतिद्वन्द्वी संगठन ।

स्ववियु निर्वाचनको पुर्व सन्ध्यामा मेलौली नगरपालिकामा रहेकाे मणिलेक बहुमुखि क्याम्पसका बिद्यार्थिलाई प्रभावित खाेजेकाे खाेजेकाे आराेप प्रतिद्वन्दी संगठनकाे दाबि रहेकाे छ ।

मणिलेक क्याम्पसमा नेबिसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीकाे उपस्थिति रहेकाे छ । मंगलबार क्याम्पसकाे विदा हुने समयमा नेबिसंघले आयाेजना गरेकाे कार्यक्रममा मेलाैली नगरपालिका उप-प्रमुख पार्वती बोहराले क्याम्पस नजिकै रहेको आर एम स्विट होटेलमा विद्यार्थीहरुलाइ प्रलोभनमा पार्न खाना ,फलफूल ,दहि,जुस लगाएत खानेकुरा समेत खुवाएर विद्यार्थीहरुलाई प्रलाेभनमा पारेकाे प्रतिद्वन्दी संगठन( अनेरास्वियु र अखिल क्रान्तिकारी )का विद्यार्थी नेताहरूले समृद्धि पाेष्टलाई भिडियाे सन्देश पठाउदै जानकारि गरेका छन ।

यश बिषयमा पालिका उप मेयर बाेहरा संग बुझ्दा त्यहिबाटाे बाट जाने क्रममा आफ्नाे भेटघाट भएकाे नेविसंघ नगर कमिटिकाे चियापान कार्यक्रम रहेछन, अधिकाँस छात्रा भएका कारण एकछिन त्यहाँ बसेकाे मात्र हाे अरु बिषय आफ्नाे जानकारिमा नरहेकाे बताएकि छन ।

नेबिसंघ जिल्ला सदस्य प्रेम बहादुर चन्दले नगर कमिटिकाे कार्यक्रम थियाे त्यस्मा उपमेयर पुग्नु भएकाे र बिहान भाेकै भएका कारण विद्यार्थी भाईबैनाहरुले खाना खाजा खाउँ भनेपछि सबै जसाे विद्यार्थी आउनुभयाे पारिवारिक पृष्ठभूमिका आधारमा कसैलाई नआउनुहाेस भन्न गार्हाे भएकाे र सहभागिले खाजा खाना खाएकाे कसैलाई प्रभावित गर्ने कार्यक्रम उद्देश्य नरहेकाे र संगै खाजा खाएर प्रभावित कसरी हुन्छ भन्दै प्रति प्रश्न गरे ।

सुदुरपश्चिम बिश्वबिद्धालय अन्तर्गत रहेकाे मणिलेक क्याम्पसमा करिव १२० विद्यार्थी रहेका छन। भाेलि चैत्र १ गते उमेदवारि दर्ता गरेर ८ गते स्ववियु निर्वाचन सम्पन्न गर्ने कार्यतालिका विश्वविद्यालयले निकालेकाे छ । यस्तै विभिन्न विवाद भएर रजिष्टार काे कार्यकक्ष समेत क्याम्पसमा समेत तालाबन्दी संगठनहरुले गरेका छन ।

विश्वविद्यालय केन्द्रीय कार्यालयका सुचना अधिकारी सन्ताेष बिष्टका अनुसार स्ववियु निर्वाचन गर्न स्ववियु निर्वाचन समिति वातावरण बनाउदै अगाडि बढेकाे छ । थप कतै समस्या देखिए विश्वविद्यालय प्राथमिकता साथ अगाडि बढ्ने र ताेकिएकाे समयमा निर्वाचन सम्पन्न गर्ने तयारिमा विश्वविद्यालय लागिपरेकाे बताएका छन ।


#स्ववियु निर्वाचन

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>