Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ चैत १७ गते शुक्रबार

आज यसईई परीक्षा केहिवेरमा सुरु हुदै, सुदूरपश्चिममा ५५ हजार बढिले दिदैछन परीक्षा ।
फायल तस्बिर

माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आज शुक्रवार देखी शुरु हुदै छ । यो वर्ष सुदूरपश्चिमबाट ५५ हजार ३ सय ७६ जना बिधाथीहरुले सहभागिता जनाउँदैछन् । एसईईको सबै तैयारी पुरा भईसकेको शिक्षा विकास निर्देशनालय दिपायल डाेटीका सुचना अधिकारी कृष्ण बहादुर बोहराले जानकारी दिएका छन् ।

सुदूरपश्चिममा सबैभन्दा बढी बिधार्थीहरु कैलालीबाट एसईईमा सहभागी हुने उनले बताए । कैलालीबाट १७ हजार ७ सय ४२ जना बिधार्थीहरु एसईई दिईरहेका छन् भने कञ्चनपुरबाट १७ हजार ७ सय ४२ जनाले एसईई दिने भएका छन् । कञ्चनपुरमा ३३ वटा परिक्षा केन्द्र तयारी अवस्थामा रहेको उनले बताए ।

कञ्चनपुरमा नियमित तर्फ छात्रतर्फ ३ हजार ९ सय ४२ र छात्रातर्फ ४ हजार ४ सय ७३ जना गरी जम्मा ८ हजार ४ सय १५ जना यसैगरी ग्रेड वृद्धीको परिक्षार्थी तर्फ छात्र २ सय १२ जना, छात्रा ३ सय ८८ जना गरी जम्मा ६ सय जना र प्राविधीक धार छात्र ६ सय ४० जना र छात्रातर्फ ५ सय ६० जना गरी जम्मा १ हजार २ सय जना बिधार्थीहरु कञ्चनपुरबाट एसईई दिने सुचना अधिकारी कृष्ण बहादुर बोहराले बताए ।

यसैगरी डडेल्धुरामा १२ वाट परिक्षा केन्द्रबाट २ हजार ६ सय ८९ जना बिधार्थी , बैतडीमा २५ वटा परिक्षा केन्द्रबाट ५ हजार ३ सय ५१ जना बिधार्थी, दार्चुलामा १६ वटा परिक्षा केन्द्रबाट २ हजार ९ सय ७१ जनाले परिक्षा दिईरहेको शिक्षा विकास निर्देशनालय दिपायल डाटीले जनाएको छ । यसैगरी अछाममा २४ वटा परिक्षा केन्द्रमा ५ हजार ७३ जना विधार्थी, बझाङमा १८ वटा परिक्षा केन्द्रबाट ४ हजार ४ सय जना बिधार्थीहरु परिक्षामा भाग लिने शिक्षा विकास निर्देशनालय दिपायल डाटीले जनाएको छ ।

यसैगरी बाजुरामा १५ वटा परिक्षा केन्द्रबाट ३ हजार १ सय ६३ जना बिधार्थी, र डोटीमा १२ वटा परिक्षा केन्द्रबाट ३ हजार ७सय ७२ जना विधार्थीहरु एसईई दिने शिक्षा विकास निर्देशनालय दिपायल डाटीले जनाएको छ ।

परीक्षा बोर्डका अनुसार चैत १७ गते शुक्रवार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ ।


#यसईई परिक्षा

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>