Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ चैत २६ गते आइतबार

जीवन उपयाेगि शिक्षामा प्रधानमन्त्रीकाे जाेड, उपकुलपतिले गरे दरबन्दि मिलान र ४० कराेड निकासाकाे अनुराेध ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम विश्वविद्यालयले जीवनोपयोगी शिक्षाका विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

आइतबार महेन्द्रनगरमा उक्त विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । सुदूरपश्चिम विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले निकट भविष्यमै स्वास्थ्य, वन विज्ञान एवं हर्बल जस्ता कार्यक्रम सञ्चालन गरिने बताए ।

सुदूरपश्चिम विश्वविद्यालयले प्राविधिक एवं व्यवसायमूलक गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै मुलुककै एक प्रतिष्ठित विश्वविद्यालयको रूपमा स्थापित हुने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे ।

‘मलाई सम्झना छ, तत्कालीन राज्यसत्ताले सधैँ उपेक्षामा पार्दै आएको सुदूरपश्चिम क्षेत्र र यस क्षेत्रका जनताको दूरगामी भविष्यको परिकल्पना गरेर हामीले विश्वविद्यालय स्थापनाको निर्णय गरेका थियौँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मेरो दोस्रो कार्यकालमा यो विश्वविद्यालयको नीतिगत तथा संरचनागत सुधारका लागि समेत कतिपय निर्णय भए। आफ्नै तेस्राे कार्यकालकाे मन्त्री परिषदबाट  सुदुरपश्चिममा मेडिकल कलेजकाे निर्णय समेत हुने बताएका छन । ’

कञ्चनपुरमै सुदूरपश्चिम विश्वविद्यालय स्थापना भएपछि उच्च शिक्षा प्राप्त गर्न राजधानी काठमाडौं एवं भारतका सीमावर्ती क्षेत्रमा जानुपर्ने नियति अन्त्य भएको उनको भनाइ छ । विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई व्यावहारिक, जीवनोपयोगी तथा समाज सुधारका लागि सहयोगी हुनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो ।

कार्यक्रममा विश्वविद्यालयका सहकुलपति तथा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले विज्ञान प्रविधिको उच्चतम विकासका लागि प्राथमिकता दिने बताए । ‘शिक्षालाई गरिबी हटाउने मूल अस्त्रका रूपमा अघि बढाउनुपर्छ,’ उनले भने, ‘मन्त्रालयका तर्फबाट आवश्यक पहल गर्छौँ ।’

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा. अम्मराज जोशीले अब छिट्टै वन बिज्ञान र हर्बल शिक्षा सञ्चालन गर्ने बताए । आर्थिक अभावमा विश्वविद्यालयले गति लिन नसकेको बताउँदै उनले दरबन्दी मिलान र विश्वविद्यालयले पाउने ४० कराेड निकासा निर्देशन गरिदिन अनुराेध समेत गरे ।


तेस्रो दीक्षान्त समारोहमा एक सय ७९ विद्यार्थी दीक्षित भएका छन् । 


#सुपवि तेस्राे दिक्षान्त समाराेह ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>