Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ चैत २७ गते सोमबार

विशेष सभापुर्व विद्यार्थी संगठनले बुझाए ज्ञापन । यस्ता छन माग ।

सुदुरपश्चिम विश्वविद्यालयमा क्रियाशिल तीन विद्यार्थी संगठनहरुले बिभिन्न माग राख्दै प्रधानमन्त्री र शिक्षा बिज्ञान प्रबिधि मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन ।

एकीकृत समाजवादि निकट अनेरास्ववियु, नेकपा बैध्य निकट अखिल क्रान्तिकारि र नेकपा बिप्लप निकट अखिल क्रान्तिकारिले ज्ञापनपत्र बुझाएका हुन ।

संगठनहरुले पटक पटकको आन्दोलन र संघर्षका वावजूद कञ्चनपुरको महेन्द्रनगरमा स्थापित भएको सुदूरपश्चिम विश्व विद्यालय पदाधिकारीहरुको रवैया, अदूरदर्शीता, स्वेच्छा चारिताका कारण जनमानसमा विश्वविद्यालयप्रति नकारात्मक धारणा बनेको भन्दै पदाधिकारीहरुलाई व्यक्तिगत स्वार्थबाट बाहिर आउन तथा विश्वविद्यालय लाई नियमपूर्वक संचालन गरी गुणस्तरीय एवं प्रतिस्पर्धी शिक्षाको आधार निर्माण गराउनका लागि संगठनहरुले पटक पटक सचेत गराउदै आइरहेको उल्लेख गरेका छन ।

विश्वविद्यालयलाई ज्ञान आर्जन गर्ने, गुणस्तरीय शिक्षा र अनुसन्धानको प्रमुख गन्तव्यका रुपमा विकास र विस्तार गरिनु पर्छ भन्ने संगठनकाे धारणा रहीआएको उल्लेख गर्दै वर्तमान पदाधिकारीहरुको मनसाय विश्वविद्यालयको संस्थागत हितभन्दा पनि विश्वविद्यालयमा आफन्तहरुलाई जागिर लगाउने थलोका रुपमा विस्तार गर्नतर्फ प्रेरित भइरहेको बिज्ञप्तिमा उल्लेख गरेका छन ।

विश्वविद्यालयका नियम कानुन विपरीत खुल्ला प्रतिस्पर्धालाई निरुत्साहित गर्ने तथा नेपाली नागरिकको रोजगारीको हक एवं प्रतिस्पर्धा गर्न पाउने हकबाट समेत वञ्चित गराई आफन्त र पार्टीका सीमित व्यक्तिलाई स्थायी गराउन नियम नै संशोधन गर्ने जस्ता अकल्पनीय कुरा विश्वविद्यालयका प्राज्ञिक पदाधिकारीहरुबाट हुनु आश्चर्य जनक मात्र नभई तमाम युवाहरुको भविष्य माथि कुठाराघात एवं संवैधानिक हक समेत हरण हुनु हो भन्ने  ठम्याई रहेको उल्लेख गरेका छन ।

विश्वविद्यालयले विगतमा समेत सीमित आन्तरिक प्रतिस्पर्धा मार्फत आफू निकटका व्यक्तिहरुलाई स्थायी गर्ने प्रपञ्च क्रियाशील विद्यार्थी संगठनहरुले निश्चेत पार्दै आइरहेको भन्दै विश्वविद्यालयले योजनाविना नै पटक पटक करारमा शिक्षक एवं कर्मचारी भर्ना गर्ने र केही समयको अन्तराल पछि सीमित प्रतिस्पधां मार्फत स्थायीगर्ने जस्ता कार्य हुँदै आइरहेकाे लामो संघर्ष पश्चात यस पटक केही संख्यामा खुल्ला प्रतिस्पर्धाबाट पदपुर्ति गर्न खोजे पनि ठूलो संख्यामा विशेष आन्तिरक (टाउको गनेर) मार्फत स्थायी गर्ने प्रपञ्च विश्वविद्यालयका पदाधिकारीहरूले रचेकाे उनिहरुकाे आराेप छ।

अक्त समायोजनको कुनै साइनो नभएको विश्वविद्यालयको केन्द्रीय क्याम्पसका केही शिक्षक, कर्मचारीहरुलाई समेत विशेष आन्तरिक प्रतियोगितामा सहभागी गराउने गरी आईतबार हुन गइरहेको विश्वविद्यालय सभाबाट नियम संशोधन गराउन खोजिरहेका छन्  जुन निन्दनिय छ यसलाई तत्काल रोकियोस्  भन्ने माग गरेका छन ।

दीक्षान्त सभाका लागि तोकिएको विशेष साधारण सभामा अवाञ्चित किसिमका नियम संशोधन गर्न खोज्नु पदाधिकारीहरुको दुसित मनसाय रहेको स्पष्ट छ । तसर्थ विश्वविद्यालयलाई प्रागिक प्रतिस्पर्धाको थलो बनाउन र खुला प्रतिस्पर्धा मार्फत प्राध्यापक, शिक्षक, कर्मचारी नियुक्तिको व्यवस्थाका लागि हाल दिक्षान्त सँग सम्बन्धित प्रस्तावहरु बाहेकका प्रस्तावहरु निर्णय नगर्न निर्देशन गरि दिनहुन अनुराेध राख्दै ज्ञापन पत्र बुझाएकाे अनेरास्ववियु सुपविवि सह ईन्चार्ज रमेह पन्तले बताए ।
बिजप्तिमा अनेरास्ववियु रमेश पन्त, अखिल क्रान्तिकारी रबिन्ष पन्त र अखिल क्रान्तिकारी प्रकाश भट्टकाे हस्ताक्षर रहेकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>