Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०७९ चैत २९ गते बुधबार

सिद्धनाथमा भट्ट आएपछि कार्ययाेजना निर्माणका लागि छलफल, पलायाे सुधारकाे आशा ।

धिरज जाेशी-                                              सिद्धनाथ माद्यमिक विद्यालय बडैपुरले बुधबार विद्यालयकाे कार्ययाेजना निर्माणका लागि छलफल गरेकाे छ ।

भीमदत्त नगरपालिका वडा-१३ मा रहेकाे विद्यालयले २०८० को शुभकामना आदाप्रदान गर्दै शैक्षिक कार्ययोजना निर्माणका समेत छलफल कार्यक्रम गरिएको हाे ।

२०२६ सालमा स्थापना भएको सिद्धनाथ मा.विमा बिगत केही वर्ष यता प्रधानाध्यापक खडक सिंह ऐडि को स्वास्थ्य समस्या ,दरबन्दी अभाव लगायत का समस्याले विद्यार्थी भर्ना दर खस्किदै गएको थियाे । यहि फागुन महिना देखि निमाबी स्थायी शिक्षक जय बहादुर बिष्ट प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिती अध्यक्षमा बौद्धिक युवा समाजसेवी महेश भट्ट चयन गरि विद्यालयको शैक्षिक तथा प्रशासनिक सुधारको पक्षमा कार्यक्रम हुँदै आएका छन ।

कार्यक्रममा बोल्दै अधिकांशले विद्यालयमा उर्जावान युवा नेतृत्व आएसंगै शैक्षिक तथा भौतिक पुर्वाधारको क्षेत्रमा प्रगति हुने अपेक्षा गरे ।वडा १३ का अध्यक्ष राम बहादुर बोहराले बोल्दै परिवर्तनका लागि आफै बाट सुरु गर्नुपर्ने भएकाले आफू लगायतका जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्ने प्रतिबद्धता समेत जनाएकाे विद्यालयका अध्यक्ष भट्टले बताए ।

बि.पि आ.वि का प्र.अ वीर राम सार्की ले बोल्दै सामुदायिक विद्यालयको सुधारका लागि सचेत अभिभावक ,कर्तव्यनिष्ट शिक्षक र अनुशासित विद्यार्थी आवश्यक हुने जनाउनु भयो ।विद्यालय व्यवस्थापन समिति अध्यक्ष भट्ट ले विद्यालयलाई शैक्षिक,भौतिक तथा प्रविधि मैत्री विद्यालयको रुपमा स्थापित गर्न लागि पर्ने बताए ।
  कार्यक्रमका प्रमुख अतिथी भीमदत्त नगरपालिका का  सामाजिक बिकास समिती  संयोजक सुशील भट्ट ले बोल्दै  यस विद्यालयका विभिन्न समस्या बारे जानकारी पाएकोले दरबन्दी अभाव र भौतिक पुर्वाधारको क्षेत्रमा नगरपालिका मार्फत विद्यालयलाई प्राथमिकतामा राख्ने बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>