Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
काठमाडौं
२०८० बैशाख ०२ गते शनिबार

बालुवाटार भिआईपि सुरक्षामा तैनाथ नातिले वर्षमान पुनकि आमालाई हाने गाेलि ।

माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तिर्थमाली पुन मगरलाई प्रहरी सहायक हवल्दारले आफ्नै पेस्तोलबाट गोली प्रहार गरेको थाहा भएको छ । प्रहरी वृत्त मालिगाउँले घटनास्थलबाट प्रहरीले प्रयोग गर्ने चिनियाँ पेस्तोल ‘टाइप–५४’ बरामद गरेको छ ।

प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत सहायक हवल्दार प्रकाश पुन मगर गएराति नयाँ वर्ष मनाउन ७४ वर्षीया तिर्थमालीको निवासमा गएका थिए । तिर्थमाली नातामा उनको हजुरआमा हुन् । पारिवारिक जमघटको माहौलमा प्रकाशले तिर्थमालीलाई गोली प्रहार गरेर फरार भए ।

गोली प्रहार गरेर उनले आफ्नो पेस्तोल त्यहीँ छाडे । प्रहरी वृत्त मालिगाउँको टोलीले गएराति नै पेस्तोल बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानबाट १ राउण्ड फायर भएको देखिएको उपत्यका जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले समृद्धि पाेष्टलाई बताए । चिनियाँ ‘टाइप–५४’ पेस्तोल भीआईपी सुरक्षामा खटिने प्रहरीहरूले प्रयोग गर्दै आएका छन् । सामान्य अवस्थामा सहायक हवल्दारले पेस्तोल बोक्न पाउँदैनन् । तर, भीआईपीको सुरक्षामा खटिएको हुनाले प्रकाशले पेस्तोल पाएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले जानकारी दिए ।


#बालुवाटारमा गाेलि प्रहार

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>