Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
बाजुरा
२०८० बैशाख ०३ गते आइतबार

शैक्षिकसत्रकाे पुर्व सन्ध्यामा पुग्याे बाजुरामा किताब ।

हिमाली जिल्ला बाजुरामा  यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुगेका छन् ।  विगतका वर्षमा शैक्षिक सत्र सुरु हुँदा पनि किताब  नपुग्ने बाजुरामा यो वर्ष समयमै किताब आएकाले विद्यार्थीहरू पनि निकै खुशी देखिएका छन्। 

सामुदायिक विद्यालयका विद्यार्थी सङ्ख्याका आधारमा शैक्षिक सत्रका लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरेर शिक्षा मन्त्रालयको  निर्णय बमोजिम नै किताब आउने क्रम जारी रहेको जिल्ला शिक्षा तथा समन्वय इकाइ बाजुराका प्रमुख हर्क सिंहले जानकारी दिनुभयो। 

जनक शिक्षा सामग्री केन्द्रले यो वर्ष समयमै किताब छापेकाले चाँडै ल्याउन सकिएको यहाँका स्टेशनरी सञ्चालकहरूको भनाइ रहेको छ। 

पहिलो चरणमा जिल्लाका बडिमालिका र बुढिगंगा नगरपालिकाका सामुदायिक विद्यालयका लागि आवश्यक पाठ्यपुस्तक सदरमुकाम मार्तडीमा  आइपुगेको स्टेशनरि ब्यावसायि बताउछन ।

बडिमालिका र बुढिगंगा नगरपालिकाका सामुदायिक विद्यालयका कक्षा १ देखि १० सम्मका आवश्यक  किताब जिल्लामा  पुगिसके भने  बाँकी ढुवानीकै क्रममा रहेकाे ब्यावसायि बताउछन ।   

स्थानीय पुस्तक तथा स्टेशनरी व्यवसायीले आउँदो शैक्षिक सत्रका लागि सरकारी विद्यालयलाई किताब बिक्री गर्न थालिसकेका छन् । जिल्लामा सञ्चालित २ सय ३७ ओटा सामुदायिक विद्यालयमा रहेका जिल्ला शिक्षा तथा समन्वय इकाइ बाजुराले जनाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ वटै जिल्लामा वैशाखदेखि शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेसँगै यश कर्यकाे शैक्षिक सत्र सुरु भएको हाे। 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>