Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८० बैशाख ०३ गते आइतबार

भिमदत्त १९ मा अध्यक्ष,प्रअ अग्रसर हुदा विद्यार्थी वाेर्डिङ बाट झिक्दै सामुदायिकमा भर्ना गर्दै स्थानिय ।
फाेटाे- दशरथ भण्डारि

 सामुदायिक विद्यालयमा कार्यरत शिक्षक सहितका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका सन्तान निजी(बोडिङ्ग)मा पढ्छन भन्ने कथनलाई कञ्चनपुरको एक सामुदायिक विद्यालयले उल्ट्याएकाे गरेको छ । 

अधिकाँस निजामती कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधी एव अन्य राष्ट्रसेवक कर्मचारीले आफ्ना सन्तान निजीमा पढाउने गरेका छन । तर भीमदत्त नगरपालिका -१९ बागफाँटामा रहेको लक्ष्मी माध्यामिक विद्यालयमा कार्यरत शिक्षक, विद्यालय व्यवस्थापन समिति एव जनप्रतिनिधीले आफ्ना सन्तान विद्यालयमै भर्ना गरेका छन । 

लक्ष्मी माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारी र प्रद्यानाध्यापक प्रमानन्द नाथ आफैले अग्रसर भएर आफ्ना छोराछोरी विद्यालयमा भर्ना गरेपछि अन्य शिक्षक एव कर्मचारी, जनप्रतिनिधीले पनि आफ्ना सन्तान भर्ना गरेका छन । गत चैत्रमा प्रअ नाथ आफै अभिभावकको घरघर गएर विद्यार्थी भर्नाका लागि अनुरोध गर्दै अभिभावकसंग शैक्षिक गुणस्तरबृद्धि गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले छोरी प्रियासी भण्डारीलाई नर्सरी(बाल विकासमा) र प्रअ नाथले छोरा रोशन नाथलाई कक्षा ८मा भर्ना गरेपछि अन्य शिक्षक एव कर्मचारी, जनप्रतिनिधीले समेत आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गरेका हुन । प्रअ नाथ र अध्यक्ष भण्डारी स्वयमंले आफ्ना सन्तानलाई अग्रसर भएर विद्यालयमा भर्ना गरेपछि अन्य शिक्षक, कर्मचारी र जनप्रतिनिधी पनि निजी बोडिङ्गबाट छुटाएर सामुदायिक विद्यालयमा भर्ना गर्न लागेका हुन । विद्यालय व्यवस्थापन समितिको नेतृत्व भण्डारीले गरेका छन । भण्डारीले व्यवस्थापन समितिका पदाधिकारीलाई एकमत गराए, प्रअ नाथले सम्पूर्ण शिक्षकलाई विद्यालयको गुणस्तरबृद्धि गरेर विद्यालय अघि बढाउने काम गरेपछि अन्य शिक्षक समेत उत्साहित भएका छन ।

नगरपालिका १९की वडा सदस्य भागरथी कुँवरले छोरा हिमान्सु कुँवरलाई कक्षा ७मा भर्ना गराएका छन । शिक्षक अभिभावक संघकी सदस्य बिस्मती चौधरीले छोरा सुमित चौधरी कक्षा ६मा भर्ना गराएका छन । 

मावि शिक्षक टेक राज भट्टले छोरी समृद्धि भट्टलाई कक्षा ९, निमावि शिक्षिका ज्योति बोहराले छोरात्रय मिलन जोशी कक्षा ९ , पीयूष जोशी कक्षा ६ र भुवन जोशी कक्षा ४, विद्यालयका सुचना अधिकारी समेत रहेका शिक्षक बिरेन्द्र चौधरीले छोरी साक्षी चौधरी कक्षा ६ र काब्या चौधरी एलकेजी(बालविकास)मा भर्ना गराएका छन । 

प्रावि शिक्षक कृष्ण दत्त जोशीले छोरा पवन जोशीलाई कक्षा १० , आधारभूत शिक्षिका सन्ध्या पाण्डेले छोरी पुष्पान्जाली जोशीलाई कक्षा ३ ,योगिता जोशीलाई नर्सरी, बालविकासकी शिक्षिका भागरथी पन्तले छोरी दिपिका पन्तलाई कक्षा ९, छोरा देवान्स पन्त कक्षा १मा भर्ना गरेका छन । यस्तै शिक्षिका बसन्ती नाथको छोरा दिक्षित नाथ कक्षा१ मा भर्ना गरेका छन ।

विद्यालयका प्रद्यानाध्यापक प्रमानन्द नाथले आफुहरु शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधी सहितले निजीबाट आफ्ना सन्तान छुटाएर सामुदायिक विद्यालयमै भर्ना गराईरहेको बताए । अभिभावकलाई एक कार्यक्रमका विच विद्यालयले सम्मान समेत गरेको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीले सामुदायिक विद्यालय बनाउने जिम्मेबारी हामी अभिभावक समितिको समेत भएकाले व्यवहारिक रुपमै कार्यान्वयन गर्नका लागि छोरीलाई समुदायिक विद्यालयमै भर्ना गराएको बताए ।

अखिल क्रान्तिकारी कञ्चनपुरका पुर्व नेता समेत रहेका अध्यक्ष भण्डारीले सामुदायिक विद्यालयको नेतृत्व गर्ने अध्यक्ष, प्रअ सहितका जिम्मेबार पक्षबाट व्यवहारिक रुपमै कार्यान्वयन गरिएको बताए । शिक्षक नाथले प्रअको जिम्मेबारी पाएपछि शिक्षक, अभिभावक, विद्यार्थीसंग त्रिकोणात्मक सम्बन्ध, समन्वय गरेर विद्यालयको शैक्षिक गुणस्तरबृद्धि गरेका छन ।

स्थानीय युवा नेता दशरथ भण्डारीले विद्यालय व्यवस्थापन समितिको नेतृत्व पाएसंगै विद्यालयको भौतिक एव स्रोत जुटाउने काम गरेपछि पछिल्ला बर्षहरुमा लक्ष्मी माविको शैक्षिक गुणस्तर बृद्धि भईरहेको स्थानीयले बताएका छन ।

११बैशाखमा नयाँ विद्यार्थीको प्रवेस परीक्षा लिईनेछ । ०३९ सालमा स्थापना भएको विद्यालयमा अग्रेजी तथा नेपाली माध्यमबाट पठन पाठन भईरहेको छ ।


#लक्ष्मि माबि

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>