लालझाडी गाउँपालीकामा यसै शैक्षिक सत्र बाट ईन्जिनियरिङ पढाइ हुने भएकाे छ ।
पालिकाकाे वडा -२ माे भानु मा बि मा प्राबिधिक धार तर्फ यसै शैक्षिक सत्र देखि कक्षा ९ देखि १२ सम्म सिभिल ईन्जिनियरिङ को पढाइ सञ्चालन हुने भएको हाे ।
पालिकाले माग गरेर पठाए पछि चैत्र २९ गते माननीय मन्त्री स्तरीय निर्णय भएको जानकारि साेमबार पालिकामा पुगेकाे गाउँपालिका अध्यक्ष निर्मल रानाले बताएका छन ।
गाउँपालिका स्थित प्राबिधिक विद्यालय थिएनन् अब यश शैक्षिक सत्रबाट पालिकाका सिभिल समुहमा प्राबिधिक पढ्न चाहनेले घरमै बसेर गाउँकै विद्यालयमा सस्ताे मुल्यमा सर्वसुलभ रुपमा पढ्न पाउने वडा २ मा अध्यक्ष तथा पालिका प्रवक्ता आशाराम रना बताउछन ।
गाउँघरमै सिभिल ईन्जिनियरिङ पढन पाउने भएपछि स्थानिय खुसि भएका छन । स्थानिय तथा शिक्षक बम्मन राना भन्नुहुन्छ । पहिला बिषय अभावमा पढ्न नपाएपनि अब प्राबिधिक बिषय थपिदा कमजाेर आर्थिक अवस्थाकाले पनि पढ्न पाउने भएकाले स्थानिय खुसि रहेकाे बताउछन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया