शुक्लफाँटा नगरपालिका वडा ८ का अध्यक्ष बहादुर सिह महराले आफ्ना वडाका विद्यार्थी पढ्ने विद्यालयलाई बेथिति नगर्न चेतावनि दिएका छन ।
अध्यक्ष महराले बुधबार एक सुचना जारि गर्दै वडामा लिखित, मौखिक र अनलाईन मार्फत शैक्षिक सत्र २०८०/०८१ को सामुदायीक र संस्थागत विद्यालयहरुको भर्ना अभियानको शिलसिलामा उल्लेखित विद्यालयहरुले अभिभावकले पढाउन खोजेको र विद्यार्थीले पढ्न खोजेको विद्यालयहरुमा भर्ना हुनको लागी आवश्यक पर्ने र सामुदायीक र संस्थागत विद्यालयहरुले नियमानुसार निरन्तर निसर्त र निःस्वार्थ उपलब्ध गराउनु पर्ने स्थानान्तरण प्रमाण पत्र, चारित्रिक प्रमाण, ग्रेड सिट / मार्क सिट जस्ता शैक्षिक प्रमाण पत्रहरु उपलब्ध नगराउने, विना प्रकृया भर्ना गराउने, बालवालिकाहरुको मनोविज्ञानमा नकारात्मक असर पर्ने गरि एक अर्को विद्यालयको किताव खोस्ने नियमविपरित विभिन्न प्रलोभन देखाउने, धाक धम्की दिने लगायतका शिक्षा ऐन नियमावली कार्यविधी विपरित भईरहेका गतिविधीहरु प्रति वडा कार्यालयको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका छन ।
उक्त सुचनामा उल्लेखित गैर कानुनी कार्यहरु भए / गरेको भए आजैका मिति देखि उल्लेखित गैर कानुनी कार्यहरु पूर्ण रुपमा बन्द गर्न/गराउन हुन पत्राचार गरि सकिएको उल्लेख छ ।
वडाका विद्यार्थी पढ्न जाने धर्म जनता मा.वि. शु.न.पा.७ स्टेसनपूर,सिद्धनाथ मा.वि. शु.न.पा.८ बेलडीडी, असिग्राम मा.वि. शु.न.पा. ९ सिसैया, बैजनाथ आ.वि. शु.न.पा.८ पारिफाँटा, जनभावना आ.वि. शु.न.पा. नौखरी,
पञ्चकोटी मणिकाधाम आ.वि. शु.न.पा.८ मणिकाधाम, मंगल आ.वि.शु.न.पा. ९ सिसैया फुलेली, गोल्डेन फ्यूचर एकेडेमी शु.न.पा.८ फुलेली, फारवेष्ट ई.बो.ई. शु.न.पा.८ पारिफाँटा, विणेश्वर इ.बाे.ई शु.न.पा. ७ स्टेसनपुर, पञ्चदेव ई.मो.ई कृष्णपूर १ दोमिल्ला, ए.वि. एकेडेमि कृष्णपूर १ दोमिल्ला, रौलेश्वर ई.बो. ई.कृष्णपूर सुन्दरीफाँटा लाई पत्र लेखिएकाे छ।
उक्त पत्रकाे जानकारी र बाेधार्थि शिक्षा विकास तथा समन्वय ईकाइ कंचनपूर, शुक्लाफाँटा नगरपालिका नगरकार्यपालिकाको कार्यालय झलारि, कृष्णपुर नगरपालिका नगरकार्यपालिकाको कार्यालय, गुलरीया लाई समेत दिईएकाे छ ।
बिद्यालयहरुले विद्यार्थी आफ्नाेमा तान्न अस्वस्थ प्रतिस्पर्धा गर्दै गरि आएकाे गुनासाे बेलाबखत सुन्नमा आउने गरेका छ ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया