दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलको नेपाल–भारत सिमा क्षेत्र नजिक रहेको भारतिय जंगलको छेउमा बिरभाने बादीको घरपरिवार प्लाष्टिकले छाएको घरमा बस्दै आएका छन् ।
बिरभाने बादी जस्तै झण्डै ८ घरपरिवारको बस्ने ब्यवस्था उस्तै छ् । नेपालमा व्यवस्था फेरियो स्थानीय सरकार आयो अब त, राम्रो घरमा बस्न पाईन्छ भन्ने आशामा रहेका बिरभाने बादीको घरपरिवार अहिले पनि प्लाष्टिकले छाएको छाप्रोमा बस्ने बाध्य भएका छन् ।
केही महिना अघि उनिहरुलाई स्थानिय सरकारको पहलमा जग्गा उपलब्ध त भयो । तर आर्थिक अवस्था कमजोर भएको कारण अझै पनि उनिहरुलाई खाना र बस्नको चरम समस्या ज्युँको त्युँनै छ् । उनी भन्छिन्, ‘हाम्रो समस्या समाधानमा कसैले चाँसो देखाएनन्, जब चुनाब आउछ, तब मात्र नेताहरु हाम्रो घर सम्म आईपुग्छन् र समस्या समाधान गर्ने आश्वासन दिन्छन। चुनावी एजेन्डा बनाएर बादी बस्ती पुग्ने नेताहरु जग्गा, जमिन, रोजगारी र घर बनाइदिने बताउदै फर्किए तर फेरि यो बस्तीमा आएनन् र समस्या ज्यूँका त्यूँ रहेका छन् ।’ गएको संघिय र प्रदेशको निर्वाचनमा पुर्व मन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाएर आफ्नो समस्या दर्शाएका थिए ।
बादी परिवार आफैले पुर्व मन्त्रीलाई ज्ञापन पत्र बुझाएपछि ढुक्क भएका थिए । समय बित्दै गयो, चिसो मौसम पछि गर्मी मौसम आउदा समेत आफुहरुको समस्या माथी सुनुवाई नभएको कारण उनिहरुमा चिन्ता थपिएको छ् । वर्षाैं देखि यिनै पीडाबाट गुज्रिरहेका अर्का स्थानिय सिता बादी निर्वाचनमा आफ्नो बस्तीको एजेन्डा बने पनि अहिले समस्या समाधान भने हुन नसकेको बताउछन् । ‘जग्गा जमिन विना यहाँ बस्न थालेको थुप्रै समय भईसक्यो,’ सिता बादीले भने, ‘अहिल सम्म नेताहरुको चुनावी एजेन्डा मात्र भयौं ।’
बडुवाल टोलमा बस्दै आएको बादी घरपरिवारहरुलाई नेपाल सरकारले व्यवस्थापन नगरेको उनिहरुको गुनासो छ् । उनिहरुलाई वर्षातमा मुसलधारे पानी र गर्मीमा हावाहुरी बादी समुदायका लागि समान्य लाग्न थालिसकेको बताउछन् । नेपालमा व्यवस्था फेरियो स्थानीय सरकार आयो अब त राम्रो जग्गा जमिन र घरमा बस्न पाईन्छ भने आशामा रहेका बादी समुदायका नागरिक अहिले पनि जग्गा जमिनको अभावमा प्लाष्टिकको छाप्रामा कष्टकर जिवन जिउन बाध्य छन् । ‘दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सरकारी आवास कार्यक्रम आएको सुन्न पाएका छौं तर हामीलाई कसैले घर बनाईदिन्छौं भन्न समेत सोधेका छैनन्’ रेशम बादीले भने– ‘हामी के नेपाली जन्ता हैनौ र ?’ गाँउ, बस्ती चहारेर माँगी छाक टार्ने बादी घरपरिवारलाई गाँउ, बस्तीमा माग्न जाँदा अन्न नपाउने भएपछि मजदुरी गर्न थालेका छन् । दिनदिनै काम पनि नपाईने हुदा छाक टार्न पनि उनिहरुलाई सकस हुदै आएको उनिहरु बताउछन् । कसैको न जमिन छ, न त आफू बस्ने घर नै छ् । सुकुम्बासीका रुपमा जिवन बिताइरहेका समुदाय प्रति कसैको ध्यान छैन् ।
पटक–पटक पत्रकारले कुरा उठाउछन् तर सरकारले भने नसुन्ने गरेको बादी घरपरिवारको भनाई छ् । त्रिपालमुनी बसोबास गर्दै आएका बादी घरमा फोहोर मैला र दुर्गन्ध मात्रै भेटिन्छ् । यो समुदायमा अशिक्षा, बेरोजगारीकै कारण बिकृति बिसंगतिले समेत जरा गाडेर बसेको छ । बादी समुदायको अवस्था निकै दयनिय छ, राज्यले लगानी गरेपनि बालुवामा पानी हाले जस्तै हुने गरेको छ् । त्यसकारण अवका दिनहरुमा स्थानिय सरकारले प्रभावकारी कार्यक्रम सञ्चालन गरेर यो समुदायका बालबालिकाहरुलाइ शिक्षा, दिक्षा र बेरोजगारहरुलाई स्वरोजगारी सिर्जना गर्दै आत्मनिर्भर बनाउनु आवश्यक छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया