एकजना मानिस सडक किनाारमा साईकल सहित लडेका हुन्छन । घाेप्टाे परि साइकल सहित लडेका हुदा स्थानियले कसै सवारि साधनले ठक्कर दिएकाे वा केही भएकाे आशंका गर्दै प्रहरीलाई खबर गर्दा नजिककाे प्रहरी घट्ना स्थलमा आउँछ ।
प्रहरिले उक्त ब्याक्ति माथि हात नलगाई मृत भन्दै थप प्रहरी बाेलाई घट्नास्थल सिल गरि प्रकृया थाल्छ । जम्मा भिडले गाउकै मानिस भएकाे अड्कल गर्छ्न, मृतकका आफन्त पुगेका हुन्छन रुन कराउन थाल्छन । प्रहरिले हेरि सकेकाे नाडि छामेकाे भन्दै केही बेरमा मानिस माथिकाे साईकल बाहिर राख्दा साईकल सकुशल थियाे ।
मानिस निकालेर सडक किनारमा राख्दा एकजना किशाेरिले मृत भनेका मानिसकाे टाउकाे उठाउदै नाडि छाम्दछिन । उनले एकैछिनमा ज्युदाे भएकाे अस्ताल लैजान भन्दै कराएपछि हेर्दा नाकमा सिगान सहितकाे हावा बाहिर भित्र हुन्छ । भिडले मानिस जिउदाे भएकाे भन्दै अस्पताल लग्न आग्रह सहित बाेल्दा प्रहरिले तुरुन्त महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पुगाउछ ।
अस्पताल पुगाएकाे केही समय उपचार पछी मानिसकाे ज्यान गएकाे घाेषणा हुन्छ ।
अस्पताल स्राेतले मानिसमा ब्लड सुगर कम भएर मानिसकाे मृत्यु भएकाे रहेछ समयमा अस्पताल पुगेकाे भए ज्यान जाेगिन्याे बताउछ।
सुगम नगरमा वास रहेका मानिस समयमै अस्पताल पुग्थेहाेला तर उनी घट्ना स्थलमानै मृत करार गरिए वास्तवमा प्रहरिले जिउदाे मृत छुट्याउन सकेन ।
ज्यानकाे पत्ताे राख्ने डाक्टरनै हुन तर प्रहरिले हतार र असावधानी अपनाउदा ठुला अपराध समेत पत्ता लगाउन समस्या भएका छन यसकारण प्रहरिले सावधानी अपनाउनु र विधि पुर्याउनु जरुरि छ । तर ज्यान ज्युदाे र मृत्युकाे अन्तर पत्ता लगाउन सक्ने खुवि विकास गर्नु आवश्यक छ, नभए मानिसकाे बाच्ने ज्यान समेत पट्क पट्क मृत हुने छ ।
बाच्न सक्ने मानिसकाे यसरी ज्यान गयाे । याे घट्ना हेरेर यश बाट पाठ सिकेर अर्काे पट्क कसैकाे ज्यान जाेगाउन सकिएला, प्रहरि जिउदाे र मृत्यु पत्ता लगाउन सक्ने बन्नु आवश्यक छ । भिमदत्त १६ का बालुवा दमाई जस्ता कैयन नागरिक मृत्यु बाट बचाउन सकिएला ।
प्रहरिका काधमा धेरैथरि जिम्मेवारि, कामकाे चाप र तनाव हुन सक्दछ तर अरुले हात लगाउन नसक्ने ठाउँमा प्रहरी अपराध अनुन्धान, शान्ति सुरक्षाका साथमा जिउदाे र मृत्युकाे पत्ताे लगाउन सक्ने हुनु आवश्यक छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया