Samriddhipost
२०८१ मङि्सर ०८ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० बैशाख ०७ गते बिहिबार

सुर्तीजन्य र मदिराजन्य पदार्थ जथाभावी बिक्री वितरण र विज्ञापन गर्न नपाईने ।

कञ्चनपुरमा सुर्तीजन्य र मदिराजन्य पदार्थ जथाभावी बिक्री वितरण र विज्ञापन गर्न नपाईने भएको छ ।

प्रादेशिक स्वास्थ्य प्रवर्धन केन्द्र र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक अपिल गर्दै सर्वाेच्च अदालतको अन्तरिम आदेश विपरीत विभिन्न सार्वजनिक स्थल, यातायात, विद्यालय, होटल, सेमिनार हल, बाटो–घाटो, सार्वजनिक कार्यालय, अस्पताल लगायत विभिन्न संचार माध्यमहरुमा सुर्तीजन्य र मदिराजन्य पदार्थहरुको प्रचारप्रसार नगर्न सुचना जारि गरेकाे छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन, जनस्वास्थ्य ऐन, बिज्ञापन ऐन, जनस्वास्थ्य नियमावली लगायत विभिन्न प्रचलित ऐन कानून विपरीत हुने काम नगर्न सुचना जारि गरेकाे हाे ।

यस्तै, १८ वर्ष मुनिका किशोर किशोरीहरुलाई सुर्तिजन्य तथा मदिराजन्य पदार्थको बिक्रि वितरण नगर्न र प्रचार सामग्री हटाउन भनेकाे छ । सार्वजनिक स्थान, संचार माध्यम, पत्रपत्रिकामा गैरकानूनी रुपमा बिज्ञापन र प्रचार प्रसार नगर्न तथा जथाभावी बिक्रि वितरण नगर्न नगराउन हुन सम्बन्धित सबै सरोकारवालाहरुलाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र प्रदेश स्वास्थ्य प्रवर्धन केन्द्रले सुचना जारि गरेकाे छ ।

महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपेरिन्टेन्डेन्ट डाक्टर अर्जुन भट्टले सुर्तीजन्य पदार्थ, मदिरा जन्य पदार्थले मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने तथा मुखमा क्यान्सर हुने, फोक्सो कलेजोमा पनि असर पार्ने भएकाले यस्तो चिजवस्तुको प्रयोग नगर्न आग्रह गरे ।

सुर्तीजन्य बस्तु मदिराहरु पनि बन्द गरिनु पर्ने स्थानियहरुको माग रहेको छ । बिद्यालय नजिक पनि सबै थोक पाईने मन्दिर नजिक साथै सबै ठाँउमा खुलेआम यस्ता प्रतिबन्धित सामान बिक्री भएपछि बिधार्थीहरु लगायत अन्य सबैको भविश्य पनि बिग्रीने चिन्ता बढेको अभिभावकहरुको भनाई रहेको छ ।

सम्बन्धित संस्था वा कार्यालयले अनुगमन गर्ने क्रममा सोहि बमोजिम गैरकानूनी क्रियाकलाप फेला परेमा कानून बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र प्रदेश स्वास्थ्य प्रवर्धन केन्द्रले सुचना मार्फत जानकारी दिएको छ । धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने भनाइ आजभोलि हरेक व्यक्तिलाई थाहा हुँदाहुँदै पनि नेपालमा पछिलो समय ७० प्रतिशत व्यक्तिहरु सुर्तीजन्य पदार्थ सेवनको लतमा फसेका छन् ।

सुर्तीजन्य पदार्थमा कर बढाउनुको उद्देश्य नै यसको प्रयोगमा कमी आओस भन्ने नै हो । कोहीले साथीभाइको करले, कोहीले तनाव घटाउँछ भन्ने गलत मानसिकताले र कोहीले हर्ष बढाइँ वहानामा सुर्तीजन्य पदार्थ सेवन गर्नेहरु दिनप्रतिदिन बढ्दो छ ।

धुम्रपान सेवन गर्ने व्यक्तिको जिन मै त्यसको असर हुने हुँदा आफ्ना सन्तानको स्वास्थ्यमा समेत असर पर्ने चिकित्सकहरु बताउँछन् । गर्भवती आमाले सुर्तीजन्य पदार्थको सेवन गरेमा गर्भ खेर जाने, मृत बच्चा जन्मिने, समय नपुगी जन्मिने, कम तौल भएको बच्चा जन्मिने तथा शिशुको शारिरीक तथा मानसिक विकासमासमेत असर गर्दछ ।


#सुर्जिजन्य र मादक पदार्थ जाथाभाबि बिक्रि बितरणमा राेक

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>